२०८३ बैशाख २५

Author: Raunak

मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा आज दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए । Advertisement थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  साभार: रातोपाटी ...
संसदीय दलको बैठकमा ओलीले दिए सांसदहरुलाई यस्तो निर्देशन

संसदीय दलको बैठकमा ओलीले दिए सांसदहरुलाई यस्तो निर्देशन

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडि बढ्न सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा १ सय १५ जना सांसदहरु भएको र यो संख्या बढेर जाने दावी गर्दै सांसदहरुलाई उत्साहजनक रुपमा अगाडि बढ्न सांसदहरुलाई निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए । सरकार देश र जनताको पक्षमा लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफुहरुकै जित हुने बताएको उनको भनाइ छ । उनले भने, ‘संसदीय दलको नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय दलको बैठक बस्यो । आज हामी असाध्यै उत्साहप्रद रुपमा बैठक सम्पन्न गरेका छौँ । र बैठकमा संख्यात्मक हिसाबले १ सय १५ भन्दा बढीको उपस्थिति भएको छ । २४ जना र...
राराको मुस्कानमा रमाएको कर्णाली, तस्बिरमा हेर्नुहोस्

राराको मुस्कानमा रमाएको कर्णाली, तस्बिरमा हेर्नुहोस्

देश, समाचार
मुगु (रारा) । रारा ताल नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यही राराको मुस्कानमा आफ्ना दुःख पीडालाई भुल्दै कर्णालीवासी रमाएका छन् । सुर्खेतको वीरेन्द्रनगर बांगेसिमलबाट करिब २ सय ९० किलोमिटरको यात्रापछि रारा ताल पुगिन्छ । रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लाको छायाँनाथ रारा गाउँपालिकामा रहेको छ ।  सुर्खेत–जुम्ला कर्णाली राजमार्गको लम्बाइ २ सय ३१ किलोमिटर रहेको छ । सो सडकबाट जुम्ला जिल्लाको सदरमुकाम खलंगा पुगिन्छ । तर, रारा जान भने कालिकोट जिल्लाको नाग्मबाट ९० किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्दछ । सुर्खेतबाट सुरु हुने कर्णाली राजमार्ग दैलेख, कालिकोट, जुम्ला जान्छ । नाग्मबाट दैलेखको सिंजा उपत्यका हुंदै मुगु पुगिन्छ । नेपालगन्जबाट हवाई यात्रा गरेरपनि रारा पुग्न सकिन्छ ।  Advertisement साँघुरो सडकका कारण कतिपय स्थानका भने एकतर्फी मात्र सवार...
कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

देश, राजनीति, समाचार
कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहेका खड्का बीस बर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । उनी कान्तिपुर दैनिकसँग आवद्ध छन् ।   प्रेस संगठन नेपालका सह–इञ्चार्ज ओम शर्मा, गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतम, नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सहिद मदन केसीका भाइ तथा प्रदेश सांसद बिनोद केसीले पुरस्कार प्रदान गरेका थिए ।   वि.स २०७२ मा चलचित्र भिमदत्तको विशेष प्रदर्शनी गरेर तत्कालीन क्रान्तिकारी पत्रकार संघले रु. ७५ हजार राशिको कोष स्थापना गरेको थियो । कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले जनयुद्धमा दिवंगत भएका ...
आईपीओमा झेल : सयौँको नाममा एकै व्यक्तिको आवेदन

आईपीओमा झेल : सयौँको नाममा एकै व्यक्तिको आवेदन

देश, समाचार
२० फागुन, काठमाडौं । ‘निफ्राको आईपीओ २७ बराबर १४२०’ लेखेर शेयर बजार विचार हजार लेखेको ग्रुपमा माघ १६ गते एक व्यक्तिले स्टाटस पोष्ट गरे । ‘हामीलाई पनि यति कित्ता आईपीओ पर्यो’ भन्नेेको त्यो स्टाटसमा कमेन्ट गर्नेहरुको ओइरो लागेको थियो । २७ जनाको नामबाट आवेदन दिदा नेपाल इन्फ्रा स्ट्रक्चर बैंक (निफ्रा)को १ हजार ४२० कित्ता आईपीओ परेको भन्ने आशयको उक्त स्टाटस केहिबेरमै डिलिट भयो । आईपीओ बाँडफाँट भएपछि सामाजिक सञ्जालमा यस्ता स्टाटस प्रसस्तै देखिने गरेका छन् । सेयर बजारसम्बन्धी फेसबुक ग्रुपहरुमा यस्ता पोष्ट धेरै देखिन्छन् । Advertisement निफ्राले आईपीओ जारी गरेपछि सेयर बजारतर्फ सर्वसाधारणको एक किसिमको लहर छ । २ महिना अघिभन्दा अहिले डिम्याट प्रयोगकर्ता दोब्बर बढेका छन् । सेयर कारोबारको लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट प्रय...
रुपन्देहीमा विकास विरोधीले ढुंगामुढा गरे : प्रधानमन्त्री

रुपन्देहीमा विकास विरोधीले ढुंगामुढा गरे : प्रधानमन्त्री

देश, राजनीति, समाचार
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको मोतीपुरमा विकास विरोधीले ढुंगामुढा गरेको आरोप लगाएका छन् । औद्योगिक क्षेत्र शिलन्यास कार्यक्रममा अवरोध पुर्‍याउन खोज्नेहरू विकास विरोधी भएको उनले बताए । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही विकास विरोधी तत्वहरूले त्यहाँ वितण्डा मच्चाउने, ढुंगामुढा गर्ने, कार्यक्रम विथोल्ने, औद्योगिक क्षेत्र बन्न नदिने प्रयास गरे, रुपन्देहीमा तर विकासका कामहरू अघि बढीरहेका छन् ।’ Advertisement विवादकै कारण शिलन्यास एक हप्ता ढिलो भएको प्रधानमन्त्रीले बताए । स्थानीयको विरोधका बीच अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार औद्योगिक क्षेत्रको शिलन्यास गरेका छन् । सरकारले प्रभावितह...
ओलीले राजीनामा दिएर निकास दिनुपर्छ, नत्र अविश्वास प्रस्ताव लैजान्छौँ : प्रचण्ड

ओलीले राजीनामा दिएर निकास दिनुपर्छ, नत्र अविश्वास प्रस्ताव लैजान्छौँ : प्रचण्ड

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । शुक्रबार आफू पक्षीय सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले राजीनामा नदिने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए । आफूलाई बहुमत सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन गरेको बताउँदै प्रचण्डले भने, ‘अब केपी ओलीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आइतबारको संसद् बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहज निकास दिनुपर्छ । नत्र विकल्पको रुपमा हामी अविश्वासको प्रस्ताव लिएर जान्छौँ ।’ उनले आफूहरु नै आधिकारिक पार्टी भएको जिकिर गर्दै प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका सांसद तथा नेता–कार्यकर्ताहरु आफ्नो पक्षमा आउन आह्वान गरे । ...
ओली समूहले बोलायो संसदीय दलको बैठक, प्रचण्ड-नेपाल पक्षलाई पनि निमन्त्राण

ओली समूहले बोलायो संसदीय दलको बैठक, प्रचण्ड-नेपाल पक्षलाई पनि निमन्त्राण

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा सहभागिताका लागि १७३ सांसदलाई एसएमएसमार्फत सूचना पठाइएको भट्टराईले बताए । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि नेकपाका सांसद दुई कित्तामा विभाजित छन् । Advertisement नेकपा ८७ सांसद  प्रचण्ड  नेपाल पक्षसँग छन् भने ८३ जना ओली समूह खुलेका छन् । ओली पक्षले प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएसमार्फत बैठकमा आउन आमन्त्रण गरेको हो ।  साभार: रातोपाटी ...
काँग्रेस पदाधिकारी बैठक : राजनीतिक निकासका लागि प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार हुनुपर्छ

काँग्रेस पदाधिकारी बैठक : राजनीतिक निकासका लागि प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार हुनुपर्छ

देश, राजनीति, समाचार
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता सहकार्यबारे पार्टीका पदाधिकारीसहित शीर्षस्थ नेताहरुको राय लिएका छन् । बिहीबार देउवा निवास बुढानिलकण्ठमा बसेको काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी संसदीय फाँटको जिम्मेवारीमा रहेका नेताहरुसँग छलफल गरेका हुन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला,  अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, काँग्रेस राष्ट्रिय सभाका नेता राधेश्याम अधिकारी, मिनेन्द्र रिजाल,नेता दिलेन्द्र बडू, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत सहभागी थिए । Advertisement वरिष्ठ नेता रामचन्द्र पौडेल उपत्यका बाहिरबाट आउन ढिलो भएपछि दिउँसो तीन बजेलाई बोलाइएको बैठक पाँच बजेपछि मात्र सुरु भएको थियो । छलफ...
नवलपुरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

नवलपुरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

देश, समाचार, स्वास्थ्य
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज एक जनाको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा परी ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । बारीमा घाँस काट्न गएका समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । गैँडाको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको उनले बताए । छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ विनय त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । Advertisement पछिल्लो पटक मङ्...