२०८३ बैशाख २५

Author: Raunak

सभामुख सापकोटाले लगाए कोरोनाविरुद्धको खोप

सभामुख सापकोटाले लगाए कोरोनाविरुद्धको खोप

देश, समाचार, स्वास्थ्य
१९ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सभामुख सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पनि बुधबारै खोप लगाएकी हुन् । Advertisement बुधबार बिहान १० बजेदेखि चार बजेसम्म संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम छ । सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ । तस्वीर : चन्द्रबहादुर आले साभार: रातोपाटी ...
सहमतिमा चुनावी सरकार बनाऔं : बाबुराम भट्टराई

सहमतिमा चुनावी सरकार बनाऔं : बाबुराम भट्टराई

देश, समाचार
१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनाव सरकार बनाउन प्रस्ताव गरेका छन् । अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति भएको भन्दै उनले पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’ (माफ गर र बिर्सिदेऊ) को स्पिरिटमा राजनीतिक सहमति गर्नुपर्ने बताएका हुन् । स्वास्थ्य उपचार गरेर मंगलबार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका छन् । Advertisement यसरी बन्ने सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिमा संविधान संशोधन गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेशी समृद्धिको वृहत गुरुयोजना बनाएर कार्यान्वयन गर्ने र छिमेकमा बदलिँदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यत: भारत, चीन र अमेरिकासँग सम्बन्ध ...
प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस

प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस

देश, समाचार, सामाजिक
प्रदेश २ को प्रदेशसभा गठन भएको तीन वर्षको वर्षगाँठ प्रदेश सरकारले मनाइसक्यो । प्रदेशसभाको पाँच वर्षको कार्यकालमध्ये अब दुई वर्ष मात्र बाँकी छ । तर, हालसम्म पनि प्रदेशको नाम तथा राजधानी तोक्ने काम हुन सकेको छैन । प्रदेशको नाम र राजधानी नतोक्दै प्रदेशसभाको पहिलो कार्यकाल सकिन्छ कि भन्ने चिन्ता सबैतिर भइरहेको छ । प्रदेशको नामकरण र राजधानी तोक्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै मौन छन् । पाँच महिनादेखि प्रदेशसभा बैठक बसेको छैन । कात्तिक ३ गते चौथो अधिवेशन सम्पन्न गरी स्थगित भएको प्रदेशसभा अझै सुचारु भएको छैन । प्रदेश सरकारले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा ध्यान नै नदिएको गुनासो प्रदेशका सांसद तथा नेताहरुको गुनासो छ । Advertisement प्रदेशको नाम तथा राजधानी तोक्नका लागि दुई तिहाई बहुमत चाहिन्छ । प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेप...
भोलि सांसद र मन्त्रीहरुले खोप लगाउने

भोलि सांसद र मन्त्रीहरुले खोप लगाउने

देश, समाचार, स्वास्थ्य
काठमाडौं । बुधबार सभामुख,मन्त्री र सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ । Advertisement कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए ।   साभार: रातोपाटी ...
थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु

थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु

देश, समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ । मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताएका हुन् । हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए । Advertisement स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताए । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ । ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उनले जानकारी दिए । तर एकैचोटी करोडको संख्य...
भारतका २२ राज्यमा कोरोना संक्रमणको रफ्तार तीव्र, सक्रिय संक्रमितको सूचीमा १३ औँ स्थानमा उक्लियो

भारतका २२ राज्यमा कोरोना संक्रमणको रफ्तार तीव्र, सक्रिय संक्रमितको सूचीमा १३ औँ स्थानमा उक्लियो

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार तीव्र गतिमा वृद्धि देखिएको छ । २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ । १० दिनअघिसम्म यस्ता १२२ जिल्ला मात्र थिए । सबैभन्दा बढी असर महाराष्ट्रमा देखिएको छ जहाँ सबै ३६ जिल्ला प्रभावित बनेका छन् । यसका अलावा केरलका ९, तमिलनाडुका ७, पञ्जाब र गुजराजका ६–६ जिल्ला रहेका छन् । यी जिल्लाहरुमा पछिल्लो दुई महिनाको तुलनामा हर दिन कोरोना संक्रमितको संख्यामा तीव्र बृद्धि भइरहेको छ । Advertisement भारतमा हाल १.६५ लाख सक्रिय संक्रमित रहेका छन् । यस मामिलामा भारत विश्वमा १३ औँ स्थानमा उक्लिएको छ । दुई दिनअघि भारत १५ औँ स्थानमा रहेको थियो । १० दिनअघि भारत सक्रिय संक्रमितको मामिलामा शीर्ष १५ देशको सूचीबाट बाहिरिइसकेको थियो । हर दिन धेरै संक्रमित भेटिने देशको सूचीमा भारत अब ४–५ नम्बरमा आइपुगेको छ । ...
अभियन्तालाई भेट्न गएका पत्रकार पक्राउ

अभियन्तालाई भेट्न गएका पत्रकार पक्राउ

देश, समाचार, सामाजिक
१८ फागुन, काठमाडौं । सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरुलाई भेट्न गएका पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । फ्रि प्रेस नेपालमा कार्यरत श्रेष्ठलाई सोह्रखुट्टे प्रहरीले आज बिहान पक्राउ गरेको हो । अभियन्ताहरुबारे रिपोर्टिङ गर्न गएको बेला प्रहरीले पक्राउ गरेको श्रेष्ठले बताए । Advertisement प्रहरीले भने अनुमतिविना अभियन्ताहरुको फोटो खिचेकाले नियन्त्रणमा लिइएको जनाएको छ । बालाजु बाइपास क्षेत्रको सडक विस्तार अन्यायपूर्ण भएको भन्दै विरोधमा उत्रिएका ६ जनालाई यही फागुन १२ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई छुटाउन भन्दै प्रहरी कार्यालयमा पुगेका थप दुई जना (सुमन शाही र विरोचन श्रेष्ठ)लाई पनि प्रहरीले पक्रिएको थियो । Credit: OnlineKhabar ...
तनहुँको होटलमा आगलागी हुँदा ४० लाखको क्षति

तनहुँको होटलमा आगलागी हुँदा ४० लाखको क्षति

देश, समाचार, सामाजिक
१८ फागुन, तनहुँ । जिल्लाको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति करिब २ बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । Advertisement विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ । Credit: OnlineKhabar ...
सरकारले तोक्यो मल आपूर्ति तथा वितरक संस्था

सरकारले तोक्यो मल आपूर्ति तथा वितरक संस्था

देश, राजनीति, समाचार
नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिए ।  Advertisement बैठकले नेपाल न्याय सेवा, न्याय समूहका एक र कानून समूहका दुई राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको छ  ।  मन्त्रिपरिषद्को यही फागुन ११ गते बैठकले राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७७ स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी दिए । बैठकले अरुण–३ जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता संशोधन गर्ने, नेपाल विद्युत् प्राधिक...
सरकार सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध छ : मन्त्री ज्ञवाली

सरकार सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध छ : मन्त्री ज्ञवाली

देश, राजनीति, समाचार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्विपक्षीय स्तरमा आफ्ना छिमेकी र विश्वका अन्य सबै देशसँग मैत्री सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधनका क्रममा उनले नेपालको संविधानले राष्ट्रिय हितका मूल आधारभूत परिभाषाका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असम्लग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिका मापदण्डमा निहित सिद्धान्तहरूको पालनाका साथ स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्न मार्गदर्शन गरेको बताए । पछिल्लो चरणमा दुवै छिमेकी भारत र चीनसँगको सम्बन्ध थप सौहार्द बनेको धारणा व्यक्त गर्दै उनले नेपालले आफ्नो भूमिमा छिमेकीविरूद्ध कुनै गतिविधि नगर्न प्रतिबद्धता पूरा गरेको बताए । भारतसँगको उच्चस्तरीय आर्थिक साझेदारीले नेपालले महत्वपूर्ण परियोजनामा राम्रो प्रगति हासिल गरेको उल्लेख गर्दै मन्त...