नेपालमा संघीयता आउनुमा मधेश आन्दोलनको मुख्य भूमिका छ : मुख्यमन्त्री राउत
सुर्खेत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयता आउनुको मुख्य कारण मधेश आन्दोलन भएको बताएका छन् । संघीयताको लागि थुप्रै मधेशका व्यक्तिहरुले ज्यानको बलिदानी दिएको बताउँदै उनले संघीयताको कार्यान्वयन सहि तरिकाले नभएको बताए ।
कर्णाली उत्सव कुडा कर्णालीको शनिबार अन्तिम दिन ‘मुख्य मान्ठ मुल कुडा’ विषयमा वक्ताको रुपमा कर्णाली आएका मुख्यमन्त्री राउतले सिंहदरबारको प्रदेश २ र कर्णालीलाई हेर्ने दृष्टिकोण फरक रहेको टिप्पणी गरे । मुख्यमन्त्री राउतले पुरै समय केन्द्र सरकारको विरुद्धमा नै बोलेका थिए । केन्द्र सरकारले हामीलाई हेपेको छ,’ उनले भने, ‘संघीयता जादुको क्षणी होइन् । सिस्टममा जाने वित्तिकै सबै काम पुरा हुन्छ भन्ने पनि हैन । हामी भर्खरै जन्मेको बच्चालाई हुर्काउँदैछौँ । संघीयता भनियो तर, अधिकार सबै संघीय सरकारको हातमा छ ।’
Advertisement
...









