२०८३ बैशाख २५

Author: Raunak

दाङमा  छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल । दाङमा आज भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ  । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोर गाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिँदा ३ वर्षीया बालिका आकांक्षा चौधरीको मृत्यु भएको हो । अटोको ठक्करबाट गम्भीर घाइते बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । Advertisement अटो चालक घोराही ६ बचाहका २७ वर्षीय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यता, तुलसीपुरमा पानीमा डुबेर १७ बर्षीय किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरी निवासी यमबहादुर बोहराकी १७ वर्षीय छोरी सृजना बोहरा रहेको इलाका...
राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

देश, समाचार, स्वास्थ्य
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्ध खोप लगाएकी छन् । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनले खोप लगाएकी हुन् । खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् । नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भएपनि धेरै चरणको परीक्षण पछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उनले सबैलाई आग्रह गरिन् । अग्रपंक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि उनले स्पष्ट पारिन् । Advertisement उनले भनिन्– ‘मचाहीँ मेरै उमेर समूह पर्खिएर बसेकी थिएँ  । मलाई एउटा मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने भो । टार्नै नसकिने भइयो । मैले खोप नलग...
पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३११ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।     अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ३१७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५ पुगेको छ । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७१ हजार ४०१ रहेको छ । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।  Advertisement अहिले देशभर ८९५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४४ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख १८ हजार ७२२ को पिसिआर पर...
अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूतबीच भेट

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूतबीच भेट

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आज शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले दुई देशले संयुक्त राष्ट्रसङ्घ जस्ता अन्तरराष्ट्रिय मञ्चमा साझा चासोका विषयमा निकट रहेर सहकार्य गरिरहेको बताउँदै दुई देशका संसद् बीचसमेत सुमधुर सम्बन्ध रहेको जानकारी गराए । इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकामा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गरे । ‘इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषिसम्बन्धी विभिन्न तालीम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल ग...
सैन्य जहाज चढेर आइपुग्यो बहराइनको राजपरिवार, ८० दिन नेपालमा बस्ने

सैन्य जहाज चढेर आइपुग्यो बहराइनको राजपरिवार, ८० दिन नेपालमा बस्ने

देश, समाचार
काठमाडौं । बहराइनका राजपरिवार सदस्य शेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सोमबार नेपाल आएका छन् । बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर नेपाल आएका उक्त टोलीले विश्वको सर्वोच्च शिखर‘सगरमाथा’ को आरोहण गर्ने जनाइएको छ ।  Advertisement गत अक्टोबर २०२० मा लोबुचे र मनास्लु हिमाल आरोहण गरेर फर्किएका उक्त टोलीले यसपटक भने सगरमाथाको आरोहण गर्न लागेका हुन् ।  १३ जना बहराइन नागरिकसहित ३ जना बेलायती नागरिक समेत रहको उक्त टोलीले सगरमाथा आरोहणसहित नेपालको केहि जिल्ला घुम्ने योजना समेत बनाएको छ ।  सो अवसरमा टोलीले गोरखाको जिल्लाको चुमनुब्री गाउँपालिकास्थित समा गाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप निःशुल्क प्रदान गर्नेछन् ।  यो टोली न्यूनतम ८० दिन नेपालमा रहनेछ ।  साभार: रातोपाटी ...
एमालेमा बहुकेन्द्र निर्माण हुन दिँदैनौँ  :  मन्त्री ढकाल

एमालेमा बहुकेन्द्र निर्माण हुन दिँदैनौँ : मन्त्री ढकाल

देश, राजनीति, समाचार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (एमाले)मा बहु शक्ति केन्द्र निर्माण हुन नदिने बताएका छन् । एमाले कोहलपुर नगर कमिटीद्वारा आज कोहलपुरमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उनले अब पार्टी विधिमा अघि बढ्ने दाबी गरे । एमालेका केन्द्रीय सदस्य रहेका मन्त्री ढकालले पार्टीलाई विधिमा लैजानकै लागि पार्टीको महाधिवेशन मितिसमेत तय भइसकेको उल्लेख गरे । “हामी सडकबाट पद लिने र दिने गर्दैनौँ, विधिसम्मत तरिकाले अगाडि बढ्छौँ”, उनले भने, “आगामी मङ्सिरमा हुने महाधिवेशनबाटै नेतृत्व चयन हुन्छ ।” Advertisement मन्त्री ढकालले कोरोनाबाट थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न मन्त्रालय नयाँ कार्यविधि बनाउन लागिरहेको उल्लेख गरे । उनले सरकारले निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकासमा उचित ध्यान दिई कोरोनाले सबैभन्दा बढी प्रभाव...
मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
भोजपुर । मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो । Advertisement शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घाइते भएकामा उपचारका क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा गए राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
काँग्रेसको काँधमा जिम्मेवारी आएको छः  देउवा

काँग्रेसको काँधमा जिम्मेवारी आएको छः देउवा

देश, राजनीति, समाचार
बारा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन काँग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिए । पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए । उनले भने, “देशलाई काँग्रेसको खाँचो रहेको हुँदा हामी सबै काँग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।” उनले विकास, समृद्धि सँगसँगै विधिको शासन कायम ...
प्रधानमन्त्रीबाट राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

प्रधानमन्त्रीबाट राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अहिले  प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्छन् भन्ने काँग्रेसले विश्वास गरेको बताएका छन्।  ‘आफैंले भंग गरेको संसद सर्वोच्चले स्थापना गरिदिएपछि प्रधानमन्त्री जवाफदेही बन्नु पर्दैन,’ नेता खाणले भने, ‘आफैंले भंग गरेको संसदमा कसरी अध्यादेश ल्याउने, कसरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कसरी बजेट ल्याउने। अहिले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहोला भन्ने विश्वास छ।’ Advertisement शनिबार प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  खाणले प्रधानमन्त्रीले मार्गप्रशस्त गरेपछि कोर्स करेक्सन भएर जाने र नगरे प्रधानमन्त्री थप नांगिएर जाने चेतावनी दिए।  सरकारको नेतृत्व लिनेबारे काँग्रेसले उचित समयमा उचित निर्णय गर्ने बताउँदै नेता खाणले प्रधानमन्त्री समेत रहेका...
तातोपानी नाकाबाट पहिलो पटक नेपालमा भित्रियो रासायनिक मल

तातोपानी नाकाबाट पहिलो पटक नेपालमा भित्रियो रासायनिक मल

देश, राजनीति, समाचार
उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ । तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुनेगरेको भएपनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।  साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलो पटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताए । Advertisement अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ । हरेक दिन ४÷५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्रीले बताउनुभयो । आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए १ महिनामा सबै मल आइसक्ने प्रमुख खत्रीले बताए । उत्तरी नाकाबाट...