२०८३ बैशाख २५

Author: Raunak

काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प

काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प

देश, समाचार, सामाजिक
काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्प गएको हो । Advertisement भूकम्पको तीव्रता ४.१ म्याग्‍निच्यूडको रहेको थियो । यसअघि गत महिना दोलखा केन्द्रविन्दु भएर ४.२ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । साभार: रातोपाटी ...
होटलमा आगलागी : पाँच लाख क्षति

होटलमा आगलागी : पाँच लाख क्षति

देश, समाचार, सामाजिक
भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।  स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आएका होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए । Advertisement राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साभार: रातोपाटी ...
माधव–झलनाथ पक्षले ओलीविरुद्ध कस्तो योजना बनाउदैछ ?

माधव–झलनाथ पक्षले ओलीविरुद्ध कस्तो योजना बनाउदैछ ?

देश, राजनीति, समाचार
एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज बिहीबारै सकिँदैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षलाई पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ यो पक्षले बुधबारबाट दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । भेलाले आगामी तीन महिने अभियानसहितको रणनीति तर्जुमा गर्ने नेताहरुको भनाइ छ । जुन रणनीति तल्लो तहसम्म पुर्याउने उक्त पक्षको तयारी छ । फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान खनाल–नेपाल पक्षले राख्दै आएको छ । Advertisement तर ओली पक्षले यो पक्षलाई गुट भेलाको संज्ञा दिदै गुटका सदस्यहरुसँग कुनै ‘डिल’ नगर्ने चेतावनी दिएको छ । ओलीले गत फागुन २८ मा केन्द्रीय कमिटी बैठकका नाममा नेताहरुको जिम्मेवारी हेरफेर र केन्द्रीय समिति न...
नयाँ सरकार बनाउनेबारे दलहरुको आ-आफ्नै अडान

नयाँ सरकार बनाउनेबारे दलहरुको आ-आफ्नै अडान

देश, राजनीति, समाचार
विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दोहोर्याएका​ छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पारे । अहिले काँग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा काँग्रेस जानै हुँदैन भन्ने दुईथरी धारणा रहेको उनको भनाइ छ ।  नेकपा (एमाले) का नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग भएपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको बताए । Advertisement नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार अघि नसरेसम्म आफ्नो प...
पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीर रुपमा लिएका छौंः ईश्वर पोखरेल

पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीर रुपमा लिएका छौंः ईश्वर पोखरेल

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् । Advertisement पार्टी अध्यक्षको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा बुधबार साँझ कुराकानी गर्दै महासचिव पोखरेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिए । उनले पार्टी अध्यक्ष एवम् महासचिवको निर्देशन विपरित भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताए । पार्टी अध्यक्षले धुमबाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा रा...
रोल्पामा एक युवकको हत्या

रोल्पामा एक युवकको हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल । रोल्पामा एक युवकको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ चावाङका ३० वर्षीय वीरेन्द्रप्रकाश गिरीको अपरिचित समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।  Advertisement हाम्जा खोला नजिकै धारिलो हतियार प्रयोग गरी हत्या भएको र त्यस समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय घर्ती गाउँ, प्रहरी चौकी इरिवाङ र प्रहरी चौकी पाछाबाङबाट टोली खटाइ अनुसन्धान भइरहेको पनि डीएसपी सुवेदीले जानकारी दिए ।  साभार: रातोपाटी ...
परिवर्तनपछि मुलुकमा विदेशी हस्तक्षेप बढ्योः कमल थापा

परिवर्तनपछि मुलुकमा विदेशी हस्तक्षेप बढ्योः कमल थापा

देश, राजनीति, समाचार
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तन पछि मुलुकमा विदेशी हस्तक्षेप बढेर गएको बताएका छन् ।  राप्रपा हेटौंडा नगर समितिका नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधीनता कमजोर हुने विचार ब्यक्त गरे। Advertisement ‘गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी हो, विदेशीको स्वार्थपूर्ति गर्न राजनीतिक दल र नेताहरु प्रयोग हुनु दुर्भाग्यपूर्ण भयो’ थापाले भने । नेपालमा सबै शक्ति र विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता रहेको चर्चा गर्दै थापाले भने ‘अब निषेधको राजनीति अन्त्य गरौ, सबै अट्न सक्ने राजनैतिक प्रणालीको विकास गरौं, जसले मुलुकलाई सबल, समृद्ध र स्वाधीन बनाउन सकोस् ।’ सो अवसरमा राप्र...
दुर्गा प्रसाईले आयोगका पदाधिकारीहरुलाई ज्यान मार्ने धम्की दिएः  गोविन्द केसी

दुर्गा प्रसाईले आयोगका पदाधिकारीहरुलाई ज्यान मार्ने धम्की दिएः गोविन्द केसी

देश, समाचार
काठमाडौं । डा.गोविन्द केसीले बीएमसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी डाक्टर केसीले प्रधानमन्त्री ओली समेत ज्यान मार्ने धम्की दिने मतियार बनेको आरोप लगाए । झापाको बीएमसी अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन दिने सम्बन्धमा प्रधानमन्त्री ओलीले नियम उलंघन गरेर विश्वविद्यालयलाई आदेश दिएको बताए । चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन नहुने भनी ठहर गरेको अस्पताललाई सम्बन्धन दिन्छु भनेर सार्वजनिक रुपमा बोलेर प्रधानमन्त्री ओलीले अपराध गरेको आरोप डाक्टर केसीले लगाए । Advertisement डाक्टर केसीले प्रधानमन्त्री लगायत काठमाडौं विश्वविद्यालयका पदाधिकारी सबैले राजीनामा दिनुपर्ने माग पनि गरेका छन् । चिकित्सा क्षेत्रको सुधारको लागि पटक–पटक अनसन बस्द...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।  Advertisement निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ ।  यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।  त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।  साभार: रातोपाटी ...
ओली पक्षले भन्यो– चैत ४ र ५ गते कुनै भेला आयोजना गरेको छैन

ओली पक्षले भन्यो– चैत ४ र ५ गते कुनै भेला आयोजना गरेको छैन

देश, राजनीति, समाचार
\ काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले नेकपा एमालेका तर्फबाट चैत ४ र ५ गते कुनैपनि भेला आयोजना नगरेको जनाएका छन् । महासचिव पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको नाममा भेला आयोजना गर्न लागेको भनेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् ।  उनले एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै अनाधिकृत गुट भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाए पनि नजान नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।  Advertisement ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाका नाममा भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटको भेलामा सहभागी नहुन नेकपा एमाले सवै नेता कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा भनि...