२०८३ बैशाख २६

Author: Raunak

ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवन । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । Advertisement ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । साभार: रातोपाटी ...
बौद्ध एरियामा एकैदिन ३ जनाले गरे आत्महत्या

बौद्ध एरियामा एकैदिन ३ जनाले गरे आत्महत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । काठमाडौंको बौद्ध र कपनमा एकैदिन ३ जनाले आत्महत्या गरेका छन् । शुक्रवार कपन, मूलपानी र अत्तरखेलमा ३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । मुलपानीस्थित तिवारी टोलमा डेरा गरेर बस्ने २४ वर्षीया दीपा श्रेष्ठ ‘सीता’ले आत्महत्या गरेकी छिन् । ललितपुर घर भएकी दीपा आफु बस्ने घरको छतमा फलामे बारमा झुण्डिएको फेला परेकी छिन् । अत्तरखेल बस्ने ओखलढुंगाका बाबुराम बस्नेत साथीको डेरामा झुण्डिएको अवस्थामा फेला परेका छन् । करिब ३५ वर्षीय बस्नेत दक्षिण ढोका स्थित उत्तरबाहिनीमा रहेको साथीको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका स्थानीय हुन् । Advertisement त्यस्तै बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा २४ वर्षीया विनिता पहरीले झुण्डेर आत्महत्या गरे...
हामी पार्टी एकताको पक्षमा छौं : माधव नेपाल

हामी पार्टी एकताको पक्षमा छौं : माधव नेपाल

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफुहरुले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् । आफुहरु सँधै पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पारे । Advertisement राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारवाही गर्ने अध्यक्षले चेतावनी दिएपनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्ताहरूलाई धैर्यता र हिम्मतका साथ पार्टी एक...
खनाल – नेपाल निकट युवा संघको राष्ट्रिय भेला भोलि, नयाँ नेतृत्व चयन गर्ने

खनाल – नेपाल निकट युवा संघको राष्ट्रिय भेला भोलि, नयाँ नेतृत्व चयन गर्ने

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल निकट युवा संघ नेपालले चैत्र ७ गते राष्ट्रिय कार्यकर्ताको भेला गर्ने भएको छ । युवा संघले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गते भोलि राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले उद्घाटन गर्ने जानकारी दिएको हो । राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत्र ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । उनले भने, ‘देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ Advertisement शाहीले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृ...
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।  दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का  ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । Advertisement जङ्गलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पु¥याएको थियो ।  जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । र...
बैतडीका वडाध्यक्ष होटलबाट पक्राउ

बैतडीका वडाध्यक्ष होटलबाट पक्राउ

देश, समाचार, सामाजिक
६ चैत, बैतडी । दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । Advertisement उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । शङ्कास्पद भेटिएका दुवैजनालाई जिल्ला ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उनले भने, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको ...
छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल

छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल

देश, समाचार, सामाजिक
५ चैत, डोटी । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकले बलात्कार गरेको ठहर गरी सजाय सुनाएका हुन् । Advertisement गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई २५ वर्षको कैद सजाय सुनाएको हो । Credit: OnlineKhabar ...
यातायात क्षेत्रमा सुधार गर्नुपर्छ : मन्त्री चौधरी

यातायात क्षेत्रमा सुधार गर्नुपर्छ : मन्त्री चौधरी

देश, राजनीति, समाचार
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यातायात क्षेत्रमा  थप सुधारको आवश्यकता रहेको बताएका छन् । पश्चिम नेपाल बस ब्यवसायी प्रालिको  आज बुटवलमा पद हस्तान्तरण कार्यक्रम मन्त्री चौधरीले यातायात क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकारलाई व्यवसायीहरुले पनि साथ दिनुपर्ने बताए ।   उनले ट्रक ब्यवसायीहरुमा पनि भारतीय ट्रकहरूको ओभर लोडको समस्यालाई  व्यवसायीहरुको सहयोगले समाधन भएको स्मरण गर्दै अब  सार्वजनिक यात्रुवाहक सवारीका समस्या समाधानमा पनि  व्यवसायीहरुले साथ दिनुपर्ने बताए । Advertisement मन्त्री चौधरीले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको व्यवहारमा सुधार आवश्यक रहेको बताउँदै व्यवसायीहरुले नै यातायात क्षेत्र सुरक्षित र आरामदायी भएको बिश्वास दिलाउन सक्नुपर्ने बताए । यातायात क्षेत्...
बैंकिङ कसुर मुद्दाका फरार दुईजना पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार दुईजना पक्राउ

देश, राजनीति, समाचार
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार दुईजना अभियुक्तलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ घर भएका लाक्पा लामा छन् ।  Advertisement उच्च अदालत पाटनले ०७७ माघ ९ मा महेन्द्र नारायण श्रेष्ठलाई बीस लाख जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो ।  ०७७ माघमा उच्च अदालतले लाक्पा लामालाई १० लाख ४५ हजार जरिवाना र ४ दिन जेल सजाय हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागी उनिहरुलाई अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । साभार: रातोपाटी ...
पूर्व राजपाको छुट्टै बैठक इन्द्रेणीमा

पूर्व राजपाको छुट्टै बैठक इन्द्रेणीमा

देश, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको बैठक स्थगित भएपछि पूर्व राजपा नेपालको बैठक सुरु भएको छ । कार्यकारिणी समितिको बैठकमा भाग लिन बाहिर जिल्लाबाट आएका आफ्ना पक्षका नेताहरूसँग छलफल गर्न पूर्व राजपाले बैठक बोलाइएको हो । Advertisement पूर्व राजपा नेपालका नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपाको माग पुरा गर्न तयार भएको हुनाले उसैलाई सहयोग गर्नु पर्ने पक्षमा छन् भने समाजवादी पार्टीले ओली प्रतिगमनकारी भएको भन्दै सत्तामा साथ दिन नहुने अडान लिँदै आएको छ । साभार: रातोपाटी ...