२०८३ बैशाख २५

Author: Raunak

दुग्ध विकास बोर्ड ऐन पारित

दुग्ध विकास बोर्ड ऐन पारित

देश, राजनीति, समाचार
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड गठन गर्नका लागि ऐन पारित गरेको छ । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्तरगत आइतबार बसेको बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७ पारित हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको प्रस्तावमा प्रदेश सभाले सो विधेयक पारित गरेको छ । ऐन अन्तरगत गठन भएको बोर्डले प्रदेशमा दुध उत्पादन गर्न किसानलाई सहयोग गर्ने, उत्पादित दुध संकलन गरी प्रशोधन र निर्यात गर्न भूमिका निर्वाह गर्ने छ ।  सो विधेयक पारित हुनु पुर्व सामाजिक विकास समितिले दफावार छलफल गरी तयार गरेको प्रतिवेदनमाथि सांसदहरुले छलफल गरेका थिए । सो क्रममा सांसद् महेश दत्त जोशीले बोर्डले दुध उत्पादनका लागि ठूला ठूला फार्म हाउस सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताए ।  Advertisement ...
राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणको तयारी पूरा, को–को परे भ्रमण दलमा ?

राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणको तयारी पूरा, को–को परे भ्रमण दलमा ?

देश, राजनीति, समाचार
–प्रकाश सिलवालकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुन लागेको यही चैत ९ र १० गतेको बङ्गलादेशको राजकीय भ्रमणको तयारी पूरा भएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको  मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन्  । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत ढाका प्रस्थान गर्नेछिन् । उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन् । त्यहाँ पुग्दा उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले स्वा...
नेपाल प्रहरीका दुई एसएसपीमाथि अख्तियारको छानविन

नेपाल प्रहरीका दुई एसएसपीमाथि अख्तियारको छानविन

देश, समाचार
काठमाडौं । नेपाल प्रहरीका दुई वरिष्ठ उपरीक्षक (एसएसपी)माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।  महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेड्क्वार्टर नक्सालमा कार्यरत पुजा सिंहको आर्थिक अनियमितताबारे आयोगले छानविन गरेको हो ।  बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनका लागी निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा उजुरी परेको थियो । उनी ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर इन्चार्ज थिइन् ।  Advertisement सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टिएडिए नदिएर आफैंले हिनामिना गरेको आरोप छ । सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापालसँग मिलेर उनले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको थियो ।  ...
घरायसी विवादमा आग्लोले हानेर श्रीमतीको हत्या

घरायसी विवादमा आग्लोले हानेर श्रीमतीको हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ । डडेल्धुरामा घरायसी विवादमा श्रीमानले आग्लो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवाद हुँदा शनिबार दिउँसो नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषा साउदलाई आग्लोले हिर्काएका थिए ।  श्रीमतीको हत्या गरेर साउँदले स्थानीय प्रहरी चौकीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी महेन्द्र नेपालले रातोपाटीलाई बताए । प्रहरीले साउदलाई शनिबार राति नै पक्राउ गरेको छ ।  Advertisement ढोकामा लगाउने डेढ फिटको आग्लोले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्यामले प्रहरीसँग आफैंले हत्या गरेको साविती बयान दिएका छन् । मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीलाई फोन गरेर साउँदले आफ्न...
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्था सामान्य : सचिवालय

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्था सामान्य : सचिवालय

देश, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि समाचार सम्प्रेषण गरिएकोप्रति खनालको नीजि सचिवालयले खण्डन गरेको छ ।  खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्यामात्रै देखा परेको अवस्था हो । ‘बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था होइन । कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील  कुराहरुमा सूचना सम्प्रेषण गर्नु भन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ’,भट्टराईले भनेका छन् ।  Advertisement ‘यस्ता खालका भ्रामक अफवाहमा आधारित समाचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने  कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । तसर्थ उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कम...
मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु...
भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

देश, समाचार, सामाजिक
७ चैत, भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चितापोलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोलुखुम्बु घर भई काठमाडौं, हात्तिगौंडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो । Advertisement मोटरसाइकलको पछाडि बसेकी उनी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल चालक सीताका छोर प्रकाशलाई भने केही भएको छैन । टिपर चालक सिन्धुपाल्चोकका २३ वर्षीय सुनिल तामाङ प्रहरी नियन्त्रणमा छन् । Credit: OnlineKhabar ...
एमालेमा अब समानुपातिक सांसद र पार्टी कमिटीमा मनोनयन ओलीको तजविजमा

एमालेमा अब समानुपातिक सांसद र पार्टी कमिटीमा मनोनयन ओलीको तजविजमा

देश, राजनीति, समाचार
काठमाडौं । सत्तारूढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा दलको नेता केपी शर्मा ओलीलाई अधिकार थपेको छ । शनिबार बालुवाटारमा बसेको केन्द्रीय केन्द्रीय समिति बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता प्रदीप ज्ञवालीले भने, संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छ ।’ Advertisement यसैगरी बैठकबाट अध्यक्षलाई पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरु हटाउने, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ। संसदीय दलको उपनेता चयनको अधिकारी पनि संसदीय दलको नेतालाई दिइएको छ । अद...
सत्ता टिकाउन अनुचित सम्झौता गर्दैनौं, बरु प्रतिपक्षमा बस्छौं : प्रधानमन्त्री ओली

सत्ता टिकाउन अनुचित सम्झौता गर्दैनौं, बरु प्रतिपक्षमा बस्छौं : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकार टिकाइराख्न कुनै पक्षसँग पनि अनुचित सम्झौता नगर्ने बताएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  बैठकपछि सञ्चारकर्मीसँग ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता ज्ञवालीले भने, 'सरकार टिकाउन अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं । हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिका साथ पुनःस्थापित हुनेछौं ।' Advertisement प्रवक्ता ज्ञवालीले फागुन २३ गते नेकपाको वैधानिकताबारे सर्वोच्चले फैसला सुनाएपछि सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिमको भएको  बताए । आगामी दिनमा सोहीअनुसार अगाडि बढ्ने कुरा प्रधानमन्त्रीले सम्बोध...
सामान्य रोजगारीको लागि नेपाली श्रमिक विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ : कमल थापा

सामान्य रोजगारीको लागि नेपाली श्रमिक विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ : कमल थापा

देश, राजनीति, समाचार
\ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीको लागि प्रचुर सम्भावना भएको नेपालबाट समान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा श्रमिकहरु निर्यात गर्ने अवस्थाको अन्त्य गर्न देशमा उद्योग, कलकारखानाहरू खोल्नेतर्फ राज्यले दीर्घकालिन नीति ल्याएर कार्य सञ्चालन गर्नुपर्ने बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालिन समयमा नाफामा चलिरहेका ठूला उद्योगहरुलाई २०४६ पछि निजीकरणका नाममा कौडीको मूल्यमा बिक्री गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दै श्रमिकहरुलाई समेत विस्थापित बनाएको आरोप लगाए  । Advertisement कम्युनिष्ट र काँग्रेसको अदूरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पु¥याइएको दावी गर्दै थापाले कम्य...