२०८३ बैशाख २५

Author: Raunak

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ३५ जना पक्राउ

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ३५ जना पक्राउ

देश, समाचार, सामाजिक
१६ चैत, जनकपुरधाम । होली पर्वमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा सर्लाही प्रहरीले सोमबार ३५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार जिल्लाको विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरिएको हो । Advertisement यस्तै, उच्छृङ्खल तरिकाले गुडाएको भन्दै ९५ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिइएको कुँवरले बताए । उच्छृङ्खल गतिविधि गर्ने मानिस र मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

देश, शिक्षा, समाचार, सामाजिक, स्वास्थ्य
१६ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएकाले प्रदूषण बढेको छ । Advertisement देशका विभिन्न स्थानमा डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको उनीहरुले बताएका छन् । प्रदूषण कम नभएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षण संस्था बन...
सिके राउतलाई नवलपरासी अदालतमा हाजिर हुन आदेश

सिके राउतलाई नवलपरासी अदालतमा हाजिर हुन आदेश

देश, राजनीति, समाचार
१६ चैत, काठमाडौं । मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ । जिल्ला अदालत, नवलपरासीले चन्द्रकान्त राउत भनेर समेत चिनिने उनलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको हो । Advertisement न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो । अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने भनिएको छ । राउतविरुद्ध राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ । राउतसँगै यो मुद्दामा कृष्ण यादव र कैलाश महतो प्रतिवादी थिए । Credit: OnlineKhabar ...
हात्तीको आक्रमणमा परी धनुषामा एक वृद्धको मृत्यु

हात्तीको आक्रमणमा परी धनुषामा एक वृद्धको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१६ चैत, धनुषा । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एक वृद्धको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा ८० वर्षीय पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement उनको शव परीक्षणका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारणमा भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्न खानुका साथै १० घरमा क्षति पु¥याएको छ । गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो । गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ । यस ठाउँमा वर्षेनी जङ्गली हात्तीले क्षति पु¥याउँदै आएको छ । जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादु...
पूर्व सभासद् भण्डारीको निधन

पूर्व सभासद् भण्डारीको निधन

देश, समाचार, स्वास्थ्य
१६ चैत, काठमाडौं । पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । ७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । Advertisement धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी दोस्रो संविधान सभा (२०७०)मा समानुपातिकबाट नेपाली कांग्रेसका तर्फबाट सहभागी सदस्य हुन् । सभासद् भण्डारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । सभापति देउवाले शोक वक्तव्‍य जारी गर्दै कांग्रेसले एक अग्रज गुमाएको बताएका छन् । Credit: OnlineKhabar ...
किनमेल गर्न भारत जाने प्रचलनले सीमा नाका कडाइमा समस्या

किनमेल गर्न भारत जाने प्रचलनले सीमा नाका कडाइमा समस्या

देश, समाचार
१५ चैत, मोरङ ।  जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको रानी नाका हुँदै भारत आवतजावतमा कडाइ गरेको छ । भारतमा कोरोना संक्रमण बढेका कारण आउजाउमा कडा गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन् । तर खुला सीमा भएका कारण मुख्य नाकाबाहेक चोरबाटो हुँदै भारत प्रवेश गर्ने र नेपाल फर्कनेको संख्या धेरै छ । सुरक्षाकर्मीले यसलाई रोक्न सकेका छैनन् । दैनिक पाँचदेखि सातसय जना मानिस चोरबाटोबाट आउजाउ गर्ने सुरक्षाकर्मीको अनुमान छ । तर जोगवनीमा बजार लागेको समयमा यो संख्या दोब्बर बढ्छ । Advertisement रानी नाकाबाट भारत आउजाउ गर्नेको संख्या दैनिक १५–२० जना मात्रै रहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक खड्काले बताए । ‘सकेसम्म नाकाबाट सम्झाएर फर्काउने कोसिस गर्छौ, समस्या देखाएर जानेहरु धेरै छन्’ उनले भने । जनशक्ति थप गरी रोक्ने प्रया...
कैलालीको बर्दगोरियामा ट्याक्टर दुर्घटना, ६ जना भारतीय मजदुर घाइते

कैलालीको बर्दगोरियामा ट्याक्टर दुर्घटना, ६ जना भारतीय मजदुर घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
१५ चैत, सुदूरपश्चिम । कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा आइतबार से १ त ८२५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ६ जना भारतीय मजदुर घाइते भएका छन् । सडक कालोपत्रे गर्ने क्रममा बिछ्याइएको अलकत्रामा चिप्लिएर ट्रलीसहितको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । Advertisement घाइते हुनेमा भारत उत्तर प्रदेश, नानपाराका राजकुमार, कमलेशकुमार, गिरी धारीलाल, संजयकुमार, निरज कुमार र चालक मोहम्मद साह रहेका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । स्थानीय क्षेत्रमा दक्ष कामदार नपाउँदा सडक कालोपत्रे गर्ने कामका लागि भारतका विभिन्न क्षेत्रवाट कामदार आउने गरेका छन् । Credit: OnlineKhabar ...

आगोमा जलेर एकजनाको मृत्यु

आर्थिक
१४ चैत, काठमाडौं । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एकजनाको मृत्यु भएको छ । बारीमा आगो लगाउने क्रममा जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो । Advertisement आफ्नै बारीमा आगो लगाउने क्रममा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । घटना शुक्रबार भएको भएपनि स्थानीयले शनिबार मात्र मनबहादुरको शव जलेको अवस्थामा फेला पारेका थिए । Credit: OnlineKhabar ...
मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

देश, राजनीति, समाचार
१४ चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको शैक्षिक अवस्था अझै राम्रो हुन नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र त्यसमा पनि प्रदेश नम्बर २ को शैक्षिक अवस्था झनै खस्किएको बताए । Advertisement पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेसका बारादेखि सप्तरीसम्मका जिल्लामा शिक्षाको अवस्था खस्कँदो रहेको उनले बताए । राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने भन्दै पूर्वराष्ट्रपति यादवले शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि धारणा राखे । Credit: OnlineKhabar ...
म्यानमारमा दर्जनौं आन्दोलनकारीको मृत्यु

म्यानमारमा दर्जनौं आन्दोलनकारीको मृत्यु

विदेश / एन.आर.एन, समाचार
१४ चैत, काठमाडौं । म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ठूलो मानवीय क्षति भएको छ । बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन सकेको छैन । Advertisement त्यसअघि सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने बताएका छन् । तर चुनाव कहिले हुन्छ भन्ने खुलाएनन् । सेनाले फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो । त्यसयता भएका विरोध प्रदर्शनमा ३२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । साभार: रातोपाटी ...