२०८३ बैशाख २५

Author: Raunak

धनुषामा ट्रकको ठक्करबाट असइको मृत्यु

धनुषामा ट्रकको ठक्करबाट असइको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ चैत, जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ) को घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो । उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए । आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो । शव शङ्कास्पद देखिएपछि खोजतालस गर्दै जाँदा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको प्रहरी सहायक निरीक्षक चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइ...
होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ ।  प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । “सरकारले घरघरमै बसेर होली बनाउन अनुरोध गरिसकेको छ, भीडभाडमा पुगेर समूहगत रुपमा होली नमनाउन भनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मातहतका सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ”, प्रवक्ता कुँवरले भने ।  यस वर्ष आइतबार पहाडी क्षेत्रमा र सोमबार तराईमा होली मनाइँद...
भारतमा एकैदिन कोरोनाका ६२ हजार बढी नयाँ संक्रमित भेटिए, सचिन तेन्दुल्कर पनि संक्रमित

भारतमा एकैदिन कोरोनाका ६२ हजार बढी नयाँ संक्रमित भेटिए, सचिन तेन्दुल्कर पनि संक्रमित

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ६२,२५८ नयाँ संक्रमित  भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । लगातार दोस्रो दिन साठी हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको हो । शुक्रबार मन्त्रालयले भारतमा १६० दिनपछि कोरोनाका यति धेरै नयाँ संक्रमित भेटिएका हुन् । Advertisement सरकारी अधिकारीका अनुसार महाराष्ट्र, पंजाब र गुजरातमा संक्रमण सबैभन्दा तीब्र गतिमा बढिरहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९१ को कोरोनाका कारण मृत्यु भएको छ । भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको कुल संख्या अब एक लाख ६१ हजारभन्दा बढी भएको छ । भारत सरकारले हालसम्म पाँच करोड ८१ लाखभन्दा बढीलाई कोभिड भ्याक्सिनको डोज दिइसकेको बताइएको छ । यसैबीच, पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोनाद्वारा संक्रमित भएका छन् । https://twitt...
बागमतीमा ८ महिनामा बजेट खर्च २५ प्रतिशत मात्र

बागमतीमा ८ महिनामा बजेट खर्च २५ प्रतिशत मात्र

देश, समाचार
मकवानपुर । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल बजेटको २५.३५ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश सरकारले चालू वर्ष २०७७/७८ को फागुन मसान्तसम्ममा कुल ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ बजेटको १३ अर्ब ३ करोड ५१ लाख ३३ हजार रुपैयाँ मात्र खर्च गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा चालुतर्फ कुल बजेटको २५ दशमलब ८४ प्रतिशत र पुँजीगततर्फ कुल बजेटको २३ दशमलब ५० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बागमती प्रदेशले जनाएको छ । Advertisement प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ २५ अर्ब ३ करोड २९ लाख १५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ३९ करोड ४५ लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क हेर्ने हो भने प्रदेश सरकार मातहतको ...
जोशीको निधनले मुलुकले इमानदार राजनीतिज्ञ गुमाएको छ :  राष्ट्रपति

जोशीको निधनले मुलुकले इमानदार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति

देश, राजनीति, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन् ।  Advertisement राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उनको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् ।  स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् । साभार: रातोपाटी ...
आगो निभाउने क्रममा एक महिलाको जलेर मृत्यु

आगो निभाउने क्रममा एक महिलाको जलेर मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सुर्खेत । रुकुम पश्चिमको बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ ।   बाँफिकोट गाउँपालिका–१० गारावाङमा आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनी दमाईको मृत्यु भएको प्रहरीले बताएको  छ ।   Advertisement आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनीलाई आगोले भेटेको थियो । त्यस्तै स्थानीय गगन जैसीको गोठ जलेर नष्ट भएको छ ।  बिहीबार वडाको राजीखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा बढी जंगलमा फैलिएको स्थानीयबासीले बताएका छन् । आगो गाउँतिर फैलिएपछि स्थानीय त्रसित बनेका छन् । आगो नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रयास जारी रहेको पनि बताएको छ ।    साभार: रातोपाटी ...
ओलीलाई योगेशको आग्रह : परिस्थिति निकै चुनौतीपूर्ण छ, पहलकदमी लिनुस्

ओलीलाई योगेशको आग्रह : परिस्थिति निकै चुनौतीपूर्ण छ, पहलकदमी लिनुस्

देश, राजनीति, समाचार
काठमाडौं ।  नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले विगतका तीता मीठा कुरा बिर्सिएर संयम र धैर्यताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग उनले भने,  ‘हिजोका कतिपय तीता मीठा कुरा बिर्सिऔं । उत्तेजित भएर हैन संयम र धैर्यताका साथ अगाडि बढ्नुपर्छ । किनभने परिस्थिति निकै खतरा, चुनौतीपूर्ण छ । यो मुलुकले एमालेको एकता खोजेको छ । सिंगो वामपन्थीहरूको एकता खोजेको छ ।’ Advertisement जनमतको कदर  र सरकारको स्थायित्व खोजेको भन्दै राजनीतिक स्थायित्व दिँदै, पार्टी एकताबद्ध बनाउँ भनेर प्रधानमन्त्रीलाई आग्रह गरेको भट्टराईको भनाइ छ । उनले भने , ‘फागुन २३ पछाडि बसेको संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भयौं । हामीहरुले पार्टी पूर्ववत् अवस्थामा फर्काएपछि पार्टीका सम्पूर्ण कमिटीहरु जेठ २...
९४० ग्राम चरेससहित एकजना पक्राउ

९४० ग्राम चरेससहित एकजना पक्राउ

देश, समाचार, सामाजिक
Modern metal handcuffs. Vector illustration in flat style कैलाली । प्रहरीले चरेससहित कैलालीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ बसन्तपुर बस्ने वर्ष ४० को चेतराज ऐर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले रातोपाटीलाई जानकारी दिए । Advertisement ऐरले सञ्चालन गरेको पसलमा चरेसको बिक्री वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक थापाको भनाइ छ । पसलमा खानतलासी गर्दा लुकाइ छिपाइ राखेको अवस्थामा ९४० ग्राम चरेस बरामद भएको उनले बताए । साभार: रातोपाटी ...
ताप्लेजुङका विप्लव समूहका नेतालाई धरौटीमा छाड्न आदेश

ताप्लेजुङका विप्लव समूहका नेतालाई धरौटीमा छाड्न आदेश

देश, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ताप्लेजुङ जिल्ला समिति सदस्य सागर लिम्बु ‘सक्कल’लाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । बिहिबार राती उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको ताप्लेजुङका डिएसपी बालनरसिंह राणाले रातोपाटीलाई बताए । सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्दै सवै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । तर, ताप्लेजुङ प्रहरीले सो सहमती बिपरित विप्लवका नेतालाई पक्राउ गरेको छ । पुरानो मुद्दा बाँकी रहेको हुनाले उनलाई पक्राउ गरिएको डिएसपी राणाले बताएका छन् । Advertisement विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा प्रतिवादी कायम गरिएका लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङले धरौटीमा छाड्न आदेश गरेको छ । अदालतले १ लाख धरौटीमा उनलाई रिहा गर्न आदेश गरेको जिप्रका ताप्लेजुङका इन्स्पेक्टर मोहन पोखरेलले ब...
मुख्यमन्त्रीको पिएसओ असईको दुर्घटनामा मृत्यु

मुख्यमन्त्रीको पिएसओ असईको दुर्घटनामा मृत्यु

देश, समाचार, सामाजिक
पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक ट्रकले ठक्कर दिँदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको घटनास्थलमै मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक शुक्रबार बिहान अन्दाजी ३ बजेको समयमा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । Advertisement प्रहरी नायब उपरीक्षक मिश्रले असई कापरको ड्युटी सकेर घर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो । मृतक असई कापरको शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको धनुषा प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...