२०८३ बैशाख २५

Author: Raunak

हेटौंडाका निजी विद्यालय भोलिदेखि खुल्ने, उपमहानगरको असहमति

हेटौंडाका निजी विद्यालय भोलिदेखि खुल्ने, उपमहानगरको असहमति

देश, शिक्षा, समाचार, सामाजिक
१७ चैत, हेटौंडा । प्रतिकूल मौसम भएको भन्दै सरकारले देशभरका विद्यालय चारदिन बन्द गर्न भनेपनि हेटौंडाका निजी विद्यालय बुधबारदेखि नै सञ्चालन हुने भएका छन् । केही दिनयता बढेको प्रदूषणका कारण रोगको संक्रमण देखिनसक्ने भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्न सरकारले आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का उपमहानगर अध्यक्ष राजकुमार नहर्की र कार्यवाहक जिल्ला अध्यक्ष विनोद सुवेदीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै बुधबारबाट सबै विद्यालय सञ्चालन गर्न आव्हान गरेका छन् । Advertisement ‘हेटौंडा उपमहानगरपालिकाद्वारा सरोकारवालाहरुबीच गरिएको छलफल पश्चात उपमहानगरभित्र घाम लागेर अनुकूल वातावरण बन्दै गएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त रहेकाले पठनपाठन नियमित गराउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।’ सरकारले सामुदायिक तथा न...
मन्त्री आङ्बुहाङलाई माओवादी केन्द्रको प्रश्न : तपाईंलाई किन पदमुक्त नगर्ने ?

मन्त्री आङ्बुहाङलाई माओवादी केन्द्रको प्रश्न : तपाईंलाई किन पदमुक्त नगर्ने ?

देश, राजनीति, समाचार
१७ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले दल त्याग गर्दै प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रदेशसभा सदस्य टङ्क आङबुहाङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको निर्णय बिना प्रदेश सरकारमा किन सहभागी भएको भनी स्पष्टीकरण मागेको हो । Advertisement ‘पार्टीको अनुमतिमा अर्काे दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो ?,’ पत्रमा भनिएको छ,‘प्रदेशसभा संसदीय दलको विधान २०७७ को धरा ११(५), राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१(१) ३२(२)ख को प्रतिकुल तपाईंको गतिविधि देखिएकाले तपाईंलाई यस दलको सदस्यसमेतबाट पदमुक्त किन नगर्ने ?’ तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेका थिए । हाल एमाले केन्द्रीय सदस्य उनलाई शुक्रबार मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा...
पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजना पक्राउ

पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजना पक्राउ

देश, समाचार, सामाजिक
१७ चैत्र, पर्सा । व्‍यापारीलाई फोन गरी पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्‍ज महानगरपालिका २२का १७ वर्षीय ‍एक किशोर र २२ वर्षीय प्रज्जवल तिवारी रहेका छन् । Advertisement किशोरलाई र। तिवारीलाई तिवाले खोला किनारबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथिप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
शुक्लाफाँटामा पाटे बाघको मृत्यु

शुक्लाफाँटामा पाटे बाघको मृत्यु

देश, समाचार
१७ चैत, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए । Advertisement ‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिपछि निकुञ्ज प्रशासनमा खबर गरे,’ सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘राति घाइते बाघको मृत्यु भयो ।’ मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ । ‘शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ,’ उनले भने, ‘अहिले हामी अनुसन्धान गर्दैछौं ।’ उनले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताए । निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् । Credit: OnlineKhabar ...
भारतीय सेनाले दियो नेपाली सेनालाई कोरोना खोप

भारतीय सेनाले दियो नेपाली सेनालाई कोरोना खोप

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
१७ चैत, काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएको छ । गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरे पश्चात फेरि पनि भारतीय सेनाले थप खोप उपहारस्वरुप प्रदान गरेको हो । Advertisement भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहका बीच भिडियो कन्फरेन्स मार्फत उक्त खोप प्रदान गरेका हुन् । भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ल्याइएको उक्त खोप नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरे...
मानन्धरको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति : प्रचण्ड

मानन्धरको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति : प्रचण्ड

देश, राजनीति, समाचार
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति भएको बताएका छन् । मंगलबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहीरहने विश्वास पनि प्रचण्डले व्यक्त गरेका छन् । Advertisement ‘२००७ सालमा आफ्नै घरबाट विद्रोहको बिगुल फुक्नुभएका उहाँले २००९ सालको रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको थियो । कमरेड मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्‍याउनु भएको योगदानको सधैं स्मरणीय रहीरहने विश्वास लिएको छु,’ प्रचण्डले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ । मानन्धरको ९१ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । उनको मंग...
इटहरीमा एकजनाको हत्या, एक पक्राउ

इटहरीमा एकजनाको हत्या, एक पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
१७ चैत, इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिका-२ मा सोमबार एकजनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । Advertisement हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । Credit: OnlineKhabar ...
म्यानमारमा ५०० प्रदर्शनकारीको मृत्यु, सडकमा फोहोर फालेर सरकारको विरोध

म्यानमारमा ५०० प्रदर्शनकारीको मृत्यु, सडकमा फोहोर फालेर सरकारको विरोध

विदेश / एन.आर.एन, समाचार, सामाजिक
१७ चैत, काठमाडौं । सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ । Advertisement प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । सेनाको सो कदमविरुद्ध आन्दोलन जारी छ । आन्दोलनकारीमाथि सेनाले निर्मम दमन गरेको छ । समाचार एजेन्सीमा अनुसार विरोध प्रदर्शनमा हालसम्म ५०० जनाको मृत्यु भइसकेको छ । सोमबारमात्रै १४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले हवाई हमलासमेत गरेको छ । सेनाको दमनका कारण म्यानमारवासी नागरिक भागेर थाइल्याण्डतर्फ गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आन्दोलनकारीहरु...
सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीविरुद्ध ७ उजुरी

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीविरुद्ध ७ उजुरी

देश, राजनीति, समाचार
१६ चैत, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ । ४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध १० दिन भित्र उजुरी दिन आह्वान गरेको थियो । सोमबारसम्म चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् । Advertisement चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएका छन् । सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको न्यूनतम योग्यता पनि नपुग्ने त्रिपाठीको दाबी छ । नेपालको संविधान २०७२ को धारा १२९ (५) मा सर्वोच्च अदालतको न्यायाधीशका लागि ४ वटा योग्यता तोकिएको छ । कानुनमा स्नातक उपाधि प्राप्त गरी...
काठमाडौंको मौसम अझै ३ दिनसम्‍म नखुल्ने

काठमाडौंको मौसम अझै ३ दिनसम्‍म नखुल्ने

देश, समाचार, सामाजिक, स्वास्थ्य
१६ चैत, काठमाडौँ। काठमाडौं उपत्यका वरपर अझै तीन दिनसम्‍म तुवालो रहने भएको छ । सोमबार जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै आगामी ३ दिनसम्‍म वायुमण्डल स्थिर अवस्थामा रहिरहने उल्लेख गर्दै विषम मौसमको अवस्थामा तत्काल सुधार नहुने बताएको छ । Advertisement विभागले त्‍यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुँवालोको अवस्था भने डढेलोमा निर्भर रहने जनाएको छ । यस्तै विभागले तुँवालोका कारण आँखा पोल्‍ने, श्वासप्रश्वासमा समस्या हुने भएकाले अत्यावश्‍यक कामबाहेक घर बाहिर ननिस्कन र निस्किनै परे मास्क लगाएर सतर्कता अपनाउन आग्रह गरेको छ । Credit: OnlineKhabar ...