२०८३ बैशाख २६

Author: Raunak

सानोठिमीमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सानोठिमीमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । काठमाडौंंको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  Advertisement सानो ठिमी प्रहरी प्रभाग अगाडि भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकल पछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया–५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौँ उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।  दुर्घटनाग्रस्त टिपर र सोका चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भई हाल सानो ठिमी बस्ने ३१ वर्षीय राजन नेपालीलाई  महानगरीय प्...
दलको सकारात्मक भूमिकाको खाँचो : सभामुख सापकोटा

दलको सकारात्मक भूमिकाको खाँचो : सभामुख सापकोटा

देश, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।  Advertisement सभामुख सापकोटाले आज नेपाल पत्रकार महासङ्घ शाखा सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा मा स्वतन्त्रता नैसर्गिक अधिकार भएको चर्चा गर्दै प्रेस स्वतन्त्रता भन्नु नै लोकतन्त्र हो भने ।  एकअर्को प्रसङ्गमा, गएको बर्खामा बाह्रबीसे, नाकबुचे र लिदीमा गएको पहिरोबाट विस्थापित भई पीडित परिवारको संरक्षण गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै उनले प्राकृतिक मात्र नभई मानव निर्मित यस प्रकारको विपत्ति सामना गर्न योजनाबद्धरुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष जीवन श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए । साभार: रा...
भक्तपुरमा टिपरको ठक्करबाट  १ जनाको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका स्थित सानोठिमीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  Advertisement गएराती पेप्सीकोलाबाट सानोठिमी जाँदै गरेको रा.२प ४४३७ नम्बरको मोटरसाईकललाई पेप्सीकोला तर्फ आउँदै गरेको बा.३ख ४४६५ नम्बरको टिपरले ठक्कर दिँदा ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको हो । मोटरसाईकल पछाडी सवार पाठकको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । उनि पुरानो ठिमी बस्दै आएका थिए । टिपरको ठक्करबाट मोटरसाईकल चालक दाङ लालमठिया–५ घर भएका २४ वर्षीय उमेश चौधरी घाइते भएका छन् ।  उनको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । टिपर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भएका राजन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।  साभार: रातोपाटी ...
पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवन । पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । Advertisement अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । साभार: रातोपाटी ...
प्रदेश १ मा थपिए १०३ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १०३ कोरोना संक्रमित

देश, समाचार
मोरङ । प्रदेश १ मा १ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विराटनगरका सबैभन्दा बढी १८ महिला र २३ पुरुषसहित १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयकाअनुसार बुधबार ४ सय ९० वटा नमूना परीक्षण गर्दा ४४ महिला र ५९ पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ। Advertisement जसमध्ये धरानमा ७ महिला र १३ पुरुष गरी २० जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै प्रदेश १ मा परीक्षणको दर पनि बढाइएको छ । परीक्षण बढाउँदा संक्रमणको दर पनि बढ्दो देखिएको जनाइएको छ । मंगलबार प्रदेश १ मा ९७ जना कोरोना संक्रमित थपिएका थिए । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको थिए । प्रदेशमा गएको एक सातामा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ साभार: रातोपाटी ...
धरहरामा सुनको जलप लगाइएको गजुर राखियो

धरहरामा सुनको जलप लगाइएको गजुर राखियो

देश, समाचार
काठमाडौं । पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा आज गजुर  राखिएको छ । नेपाली सेनाले बिगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो ।  Advertisement उक्त गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने, “धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।” उनका अनुसार टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिवलिङ्ग प्रस्तिथापन गरी र नयाँ गजुरको पूजा गरेका थिए । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने का...
विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन

विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन

देश, समाचार
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी सङ्गठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको र नेपाल प्रहरीले लागू गरेको कार्ययोजनाअनुरुप प्राप्त जिम्मेवारीप्रति थप सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । कार्यसम्पादन सम्झौताअनुरुप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजश्व सङ्कलनमा वृद्धिलगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको जानकारी दिँदै उनले जघन्य अपराध, अवैध लागूऔषधजस्ता आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी कर्मचारी थप चनाखो हुनुपर्नेमा जोड दिए । Advertisement काठमाडौँमा आज आयोजित नेपाल प्रहरीको चैतको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले प्रहरी कोभिड–१९ को विषम परिस्थितिप्रति संवेदनशील हुन र नियन्त्रणका उपाय तथा मापदण्डलाई गम्भीरतापूर्वक लिई स्थानीयस्तरमा सङ्क्रमण फैलिनबाट रोक्ने कार्यमा सक्रिय हुन निर्देशनसमेत दिए ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ जनालाई विदेश उड्नबाट रोकियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ जनालाई विदेश उड्नबाट रोकियो

देश, समाचार
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो ।  Advertisement त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको रातोपाटीलाई जानकारी दिए । मंगलबार मात्रै सुरिया हेल्थ केयरमा प्रहरीले छापा मारेको थियो भने नक्कली पीसीआर रिपोर्ट जारी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको थियो ।  सो हेल्थ केयरले कोरोनाको जाँचै नगरी कोरोना नेगेटिभको नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको आरोप लागेको छ । विदेश जानेहरूले पनि त्यसैगरी नक्कली रिपोर्ट बनाएको हुनसक्ने भन्दै उन...
काठमाडौँबाट कुवेत जान खोजेका भारतीय नागरिकको साथमा नक्कली पीसीआर रिपोर्ट

काठमाडौँबाट कुवेत जान खोजेका भारतीय नागरिकको साथमा नक्कली पीसीआर रिपोर्ट

देश, समाचार, सामाजिक
काठमाडौँबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिकको पीसीआर रिपोर्ट नक्कली रहेको खुलेको छ । सोमबारको कुवेत हिँडेका भारतीय नागरिकको पीसीआर रिपोर्ट शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीले गौशाला प्रहरीलाई खबर गरेका थिए । Advertisement भारतीय नागरिक तसलीम अहमदलाई प्रहरीले पक्राउ गरेर पुनः परीक्षण गरायो । पुनः परीक्षण गराउँदा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । रिपोर्ट पोजेटिभ आएपछि उनलाई कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेशनमा राखिएको छ । टेकु अस्पतालमा चिकित्सक डा. हेमन्त ओझासहितका चिकित्सकको टिमले उनको स्वाब लिएर पीसीआर जाँच गरेका हुन् । कोभिड–१९ परिक्षणको नक्कली पीसीआर रिपोर्ट बनाउने ‘सुरिया हेल्थ केयर प्रा.लि’ सिनामंगलका सञ्चालकसह...
कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

देश, समाचार
कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ ।  कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो । विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा सहजरुपमा सेवा प्रवाह गर्न विभागले एकपटकमा २५ जना सेवाग्राहीलाई सङ्केत नम्बरसहितको फाराम वितरण गरी त्यसैअनुसार उनीहरूलाई प्रमाणीकरणका निम्ति अनुमति दिने व्यवस्था मिलाइएको विभागका निर्देशक धनबहादुर ओलीले बताए । Advertisement यही वैशाख १२ गतेदेखि प्रमाणीकरणको समय बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म निर्धारण गरिएको छ । सङ्केत नम्बर पाएका सेवाग्राहीलाई आफ्नो नम्बरअनुसार विभागमा उपस्थित हुने व्यवस्था मिलाइएको उनले बताए । सेवाग्राहीलाई सङ्केत नम्बर हरेक दिन बिहान ८ देखि २ बजेसम्म उपलब्ध...