२०८३ बैशाख २६

Author: Raunak

बाँकेमा २४ घण्टामा ७ संक्रमितको मृत्यु

बाँकेमा २४ घण्टामा ७ संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ वैशाख, नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । Advertisement कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबारअर्थात् आज बिहान १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमितको मृत्यु भएको छ । जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पु...
बिपीसँग हिँडेका नारायणदत्त भन्छन् : देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ

बिपीसँग हिँडेका नारायणदत्त भन्छन् : देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ

देश, राजनीति, समाचार
नेपालमा २००७ सालको क्रान्तिको सफलतासँगै भएका विभिन्न राजनीतिक आन्दोलन र त्यसबाट भएको परिवर्तनका जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । परिवर्तनकै लागि धेरै नेपालीले बलिदानी दिएका छन् । पटकपटकको सङ्घर्षको जगमा स्थापित लोकतन्त्र दिवस मनाइरहँदा तत्कालीन समयमा योगदान गर्नेहरू अझै पनि ओझेलमा छन् । तत्कालीन समयमा राणा शासनको अन्त्यका लागि २००६ सालमा मुक्ति सेनामा खटिएका व्यक्ति हुन् तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका ९१ वर्षीय नारायणदत्त खनाल ।  Advertisement राजनीतिज्ञ श्रीभद्र खनालको प्रेरणाले आफू तत्कालीन समयमा मुक्ति सेनामा आबद्ध भएको बताउँदै उनले सो क्रममा आफूसहितका साथीहरूले धेरै दुःख कष्ट भोग्नुपरेको अनुभव सुनाए । विसं २००७ को परिवर्तन पछि २००८ सालमा मुक्ति सेनालाई रक्षा दलमा परिणत गरिएको थियो । तत्कालीन समयमा जनपक्षीय से...
मनहरीमा सवारी दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

मनहरीमा सवारी दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–९ खरङ्गा निवासी बर्ष ३५ को कुमार राना मगर रहेका छन् भने घाइतेको पहिचान खुल्न सकेको छैन । Advertisement पूर्व पश्चिम राजमार्ग अन्तरगतको मनहरी गाउँपालिका वडा नम्वर–९ खरङ्गास्थित सडकखण्डमा हेटौंडातर्फ आउँदै गरेको ना ५ प ४७४० नम्वरको ट्रकले सोही दिशातर्फ गाइरहेको ना १ ह ७१८४ नम्वरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।  दुर्घटनामा अटोमा सवार एक राना मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  घाइते २ जनालाई उपचारको लागि हेटौँड–११ स्थित चुरेहिल अस्पतालमा ल्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याइएको छ ।  घटनाबारे थप विवरण आ...
एमालेको स्थायी कमिटी महिला विहीन

एमालेको स्थायी कमिटी महिला विहीन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको नवगठित स्थायी कमिटी महिला विहीन भएको छ । साविक शुक्रबार एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले तत्कालीन नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाएको हो । Advertisement १९ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाले पनि हटाउन सकेनन् ।  साविकको एमालेको २२ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाको प्रतिनिधित्व थियो । २२ जनामध्ये स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्यले महिलाको प्रतिनिधित्व गरेकी थिइन्। शाक्य खनाल–नेपाल समूहमा लागेपछि ओली नेतृत्वको एमालेमा महिला प्रतिनिधित्व शुन्य हुन पुगेको छ । खनाल–नेपाल समूहलाई अलग राखेर गठन गरिएको स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल), विष्णु पौडेल टोपबहादुर रायमाझी, किरण गुरुङ, सुवास नेम्वाङ, शंकर पोखरेल, लेखराज भट्ट,प्...
विवाहेत्तर सम्बन्धका कारण खानामा बिष हालेर श्रीमानको हत्या

विवाहेत्तर सम्बन्धका कारण खानामा बिष हालेर श्रीमानको हत्या

देश, समाचार, सामाजिक
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ मा पत्नीले खानामा बिष हालेर पतिको हत्या गरेकी छिन् । श्रीमानको हत्या गरेको आरोपमा धादिङ घर भएर सूर्यविनायकमा बस्ने २९ वर्षीय पार्वती थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । Advertisement पार्वतीले भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका घर भएका पति विष्णु थापामगरको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ०७२ माघ २७ मा विष्णु वैदेशिक रोजगारीबाट फर्केका थिए । विदेशबाट आएको भोलिपल्ट छोरालाई स्कुल पठाएर पार्वतीले खानामा विष घोलेर श्रीमानलाई खान दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘अण्डा करी, गहतको दाल र खानामा विष खुवाएको सो खाना र मृतकको भिसेरा परीक्षणबाट देखिएको छ’ महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले भने– ‘आरोपीलाई पक्राउ गरेर हामिले थप अनुसन्धान शुरु गरेका छौं ।’ प्रहरीले ...
बागमती प्रदेशमा बलात्कार बढ्यो, ज्यान मुद्दा घट्यो

बागमती प्रदेशमा बलात्कार बढ्यो, ज्यान मुद्दा घट्यो

देश, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशका उपत्यका बाहेक १० जिल्लामा बलात्कार बढेको छ । पछिल्लो एक वर्षमा बलात्कारका बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ०७७ मा बलात्कार, ज्यान मार्ने उद्योग र बोक्सीको आरोप लगाउने जस्ता अपराध बढेको छ । Advertisement ०७५ मा प्रदेशका प्रहरी युनिटमा २ सय ३६ बलात्कारका घटना दर्ता भएको थियो । सो संख्या ०७६ मा बढेर २ सय ४८ पुगेको थियो । ०७७ मा बलात्कार बढेर ३ सय ७ पुगेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ज्यान मार्ने उद्योग बढेको छ । ०७५ मा १०६ वटा ज्यान मार्ने उद्योगका घटना दर्ता भएका थिए । ०७६ मा ९२ वटा घटना भएका थिए । सो संख्या बढेर ०७७ मा ११० पुगेको छ । ०७७ मा १२ वटा बोक्सीका आरोपका घटना दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर जानक...
राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

देश, राजनीति, समाचार
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदको उपनिर्वाचनका लागि निर्वाचनले आयोगले तयारी थालेको छ । आयोगले बागमती प्रदेशको अन्य समूह तर्पmबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको पदको लागि जेठ ६ गते बिहीबारका लागि उपनिर्वाचन तय गरेको हो । Advertisement उपनिर्वाचनको तयारीका आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपश्चात् गर्नुपर्ने क्रियाकलापहरू समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरी उपनिर्वाचनको लागि मतदानको समय बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म निर्धारण गरेको छ । त्यस्तै, बैठकले बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना...
बहिर्गमित जनमुक्ति सेनाले भन्यो– एमालेमा प्रवेश गरेको हल्ला गलत

बहिर्गमित जनमुक्ति सेनाले भन्यो– एमालेमा प्रवेश गरेको हल्ला गलत

देश, राजनीति, समाचार
काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले अयोग्य बिल्ला हटाएर ‘लोकतन्त्रका योद्धा’ सम्मान गरेको भन्दै धन्यवाद दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्नो भूमिकालाई सम्मान गरेको नेताहरुले आफूहरु कुनै पार्टीमा प्रवेश नगरेको समेत बताएका छन् । एमालेमा प्रवेश गरेका कारण सम्मान गरेको भन्ने हल्ला सत्य नभएको समेत पत्रकार सम्मेलनमा स्पष्ट पारिएको छ । Advertisement संगठनका इन्चार्ज अशिल लिम्बु ‘सुनिल’ले आफूहरुले उठाउँदै आएका ९ वटा मागमध्ये पहिलो माग सरकारले सम्बोधन गरेको बताए । उनले आफूहरुलाई अयोग्यको बिल्ला भिराएर शिविरबाट धपाइएको पीडा भुल्ने वातावरण सरकारले बनाएको भन्दै सरकारलाई धन्यवाद दिए । इन्चार्ज सुनिलले आफूहरुले जनयुद्धका सर्वोच्च कमाण्डरबाटै सम्मानपत्र लिने इच्छा भएपनि दुईपटक सरकारको नेतृत्व गर्दा समेत बेवास्ता ...
कोरोनाका कारण आपूर्ति प्रभावित हुने आशङ्का, खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई अपिल

कोरोनाका कारण आपूर्ति प्रभावित हुने आशङ्का, खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई अपिल

देश, समाचार, सामाजिक
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले आफूसँग भएको खाना पकाउने खाली ग्यास सिलिन्डर भरेर राख्न उपभोक्तासँग आग्रह गरेको छ । विगतमा कोरोनाका कारण भएको लकडाउनमा पनि ग्यास आपूर्ति अभाव हुन नदिएको र फेरि कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुने आशङ्कामा खाली ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न सङ्घले भनेको छ ।  Advertisement सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार सङ्घलाई खाली सिलिन्डर भरेर भण्डारण गर्न पत्राचार गरेको थियो । सोहीअनुसार सङ्घले उपभोक्तालाई खाली सिलिन्डर भर्न अपिल गरेको छ ।  भारत विश्वकै सबैभन्दा बढी दैनिक कोरोना प्रभावित हुनेहरुको मुलुक बनिरहेको छ । यस्तो अवस्थामा आपूर्ति प्रभावित हुनसक्ने सम्भावना रहन्छ ।  साभार: रातोपाटी ...
पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द गरिने

पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द गरिने

देश, समाचार
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिए । फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले आज जारी गरेको सूचनामा उल्लेख छ । Advertisement सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिने उनले बताए । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाह...