वीरगञ्जमा निशुल्क एम्बुलेन्स र औषधी सेवा
१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा निशुल्क एम्बुलेन्स र औषधी सेवा सुरु गरिएको छ । निशुल्क अक्सिजन सेवा पछि वीरगञ्ज महानगरपालिकाले एम्बुलेन्स र औषधीको पनि निशुल्क सेवा सुरु गरेको हो ।
महानगरपालिकासँग एउटा एम्बुलेन्स र शवबाहनसमेत थिएन । अघिल्लो वर्ष कोरोना महामारीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्समा संक्रमितको शव बोकिएको थियो ।
Advertisement
यसपटक महानगरपालिकाले ३१ लाख ७० हजार रुपैयाँमा दुई वटा एम्बुलेन्स खरिद गरेको छ । संक्रमितलाई अस्पताल पु¥याउन र संक्रमणबाट मृत्यु भएकालाई दाहसंस्कारका लागि लैजानुपर्दा यी एम्बुलेन्स प्रयोग गरिने महानगरपालिकाले जनाएको छ ।
संक्रमितलाई ८ प्रकारका औषधी निशुल्क
महानगरमा बुधबारबाटै होम आइसोलेसनमा भएका संक्रमितलाई औषधी वितरण सुरु गरिएको छ । नगर प्रमुख विजय कुमार सरावगीले वीरगञ्ज– ५ मा एकै परिवारका पाँच जना संक्रमितलाई औष...









