वीरगञ्जमा दुई संक्रमितको मृत्यु
१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा मंगलबार एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ का ४० वर्षीया र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षीया दुई जना महिलाको मृत्यु भएको हो ।
दुवै जनाको मृत्यु नारायणी अस्पतालको आइसोलेसन वार्डमा भएको अस्पतालले जनाएको छ । बाराकी ४० वर्षीया महिलालाई वैशाख ९ गते नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
Advertisement
सोही दिन भएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार बिहान साढे १ बजेतिर उनको मृत्यु भएको थियो । कडा निमोनियाका कारण उनमा स्वासप्रश्वासको बढी समस्या थियो ।
वीरगञ्जकी महिलालाई वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । एन्टिजिन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ३ बज...









