२०८१ जेष्ठ ३

बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

२१ वैशाख, वीरगञ्ज । बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।


Advertisement


नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा फेटा गाउँपालिका–२ बिनौली बस्ने ३५ वर्षीय पुरुषको मंगलबार दिउँसो २ बजे मृत्यु भएको हो । योसँगै नयाँ भेरियन्टको कोरोना संक्रमणबाट बारामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

स्वास्थ्यमा समस्या आएपछि दुई दिन अघि कोरोना अस्पतालको इमर्जेन्सी वार्डमा उनी भर्ना भएका थिए । भोलिपल्ट गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालका अनुसार उनी मधुमेहका बिरामी समेत थिए ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap