प्रशासनकै कारण मकवानपुरमा कोरोना जोखिम बढ्दो
मकवानपुरमा स्थानीय प्रशासनकै निर्णयले कोरोना संक्रमणको जोखिम उच्च भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको मुख्य बजार क्षेत्रमा अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद गर्नका लागि साताको २ दिन बजार क्षेत्रका पसलहरु खुला गर्ने निर्णय गरेसँगै कोरोनाको जोखिम झनै बढेको हो ।
मकवानपुरमा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सिफारिस अनुसार गत जेठ १ गतेदेखि हेटौंडाको मुख्य बजार क्षेत्रको खाद्यान्न तथा तरकारी पसल सञ्चालनमा रोक लगाएको थियो ।
Advertisement
सो निर्णय अनुसार हेटौंडा–१० बसपार्कमा रहेको तरकारी मण्डी, खोपेगल्लीका तरकारी पसल र टोल टोलमा तरकारी विक्री वितरण रोकिएको छ । अर्कोतिर सातामा २ दिनमात्र अत्यावश्यक खाद्यान्न तथा तरकारी पसल खुल्दा उपभोक्ताको भिड अत्यधिक हुन...









