२०८३ बैशाख २७

Author: Raunak

वाग्मती सफाइ महाअभियानका आठ वर्ष : नदीमा सङ्लिएन पानी

वाग्मती सफाइ महाअभियानका आठ वर्ष : नदीमा सङ्लिएन पानी

देश, समाचार, सामाजिक
प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन । वाग्मती सफाइमा हुतराम वैद्य, भगवान्दास मानन्धर, विदुर पौडेलजस्ता व्यक्तिले यसअघि अभियान चलाएका थिए । तीनै अभियानकर्मीको निधन भइसकेको छ । उनीहरुले शुरु गरेको जगमा विसं २०७० जेठ ५ गते पशुपतिको गुह्येश्वरी मन्दिर क्षेत्रबाट वाग्मती सफाइ महाअभियान शुरु गरिएको थियो । महाअभियान शुरु हुँदा शहरी विकास मन्त्रालयको सचिव रहेका किशोर थापा आठ वर्षमा नदी किनारलाई हेर्न लायक बनाउन सकिए पनि पानी स्वच्छ बनाउन नसकिएको स्वीकार्छन् । महाअभियान आठ वर्ष पूरा गरेको अवसरमा बुधबार बेलुकी जुम प्रविधिबाट आयोजित कार्यक्रममा उनले ५० हप्तामा गुह्येश्वरी क्षेत्रमा स्नान गरेपछि फेरि स्नान गर्ने अवसर वाग्मतीमा नजुटेको बताए । अब टेकुमा स्नानयोग्य पानी बनाउन महाअभियानले सफाइ एवं सरोका...
पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा

पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा

देश, समाचार, सामाजिक
६ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अत्यावश्यकबाहेकका काममा घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सवारी साधन पनि चलाउन पाइने छैन । खाद्यवस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेकका अरु पसल व्यवसाय विहान ८ बजेसम्म मात्र खोल्न पाइनेछ । Advertisement त्यस्तै इनर्वा नाकाबाहेक भारतबाट प्रवेश गर्ने अन्य नाका सीमा वारपार आवागमन प्रवेश गर्न पनि रोक लगाइएको छ । सरकारी र निजी सेवा कार्यालय र निकायले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । उद्योग, कलकारखानाहरुले कर्मचारी एवं श्रमिकहरुलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी उद्योग सञ्चालन गर्न सक्ने पनि प्...
नवलपरासी गोलीकाण्ड : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

नवलपरासी गोलीकाण्ड : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

देश, समाचार
६ जेठ, बुटवल । नवलपरासी (पश्चिम) मा बुधबार सशष्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा रहेका नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए । Advertisement समितिलाई घटनाको सत्यतथ्य सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्न निर्देशन दिइएको छ । प्रतापपुर गाउँपालिका-६ का २३ वर्षीय अविनाश राजभरसहित केही युवा सीमावर्ती नाकाबाट भारत जान खोज्दा प्रहरीले रोकेपछि झडप हुँदा स्थानीय २३ वर्षीय अविनाश राजभरको प्रहरीले च...
प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण, सीसीएमसीको नेतृत्व क्षमतामाथि प्रश्न

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण, सीसीएमसीको नेतृत्व क्षमतामाथि प्रश्न

देश, राजनीति, समाचार
६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । सिंहदरबार पुगेर सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । कांग्रेसले नेपालमा दोस्रो चरणको महामारी आउनुमा सरकारको कमजोरी औल्याएको छ । महामारीको खतरा देखिदा पनि सरकारले भीडभाड, तडकभडक र उद्घाटनका कार्यक्रमहरु गरिरहँदा संक्रमण द्रुत गतिमा बढेको आरोप कांग्रेसले लगाएको छ । ‘निषेधाज्ञाको पनि वैज्ञानिक व्यवस्थापन नहुँदा देशभित्र पनि संक्रमित क्षेत्रहरुबाट संक्रमण नभएका क्षेत्रहरुमा  चाँडो संक्रमण फैलदो छ’, कांग्रेसको निष्कर्ष छ । Advertisement कोरोना महामारीबाट नागरिकको जीवनरक्षा गर्न स्वास्थ्य सामग्री, पीसीआर परीक्षण लगायतको विशेष व्यवस्था गर्न कांग्रेसले विभ...
सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

देश, समाचार, सामाजिक
५ जेठ, सप्तरी । सप्तरीमा बुधबार पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चानरुप नगरपालिका- ९ रुपनगरमा पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement मृत्यु हुनेमा स्थानीय २० वर्षीया किन्तु सरदार र १३ वर्षीया छोरी रोशनी सरदार छन् । घर नजिकैको सन्तोष यादवको पोखरीमा नुहाउन जाँदा दुवै जना डुबेर सिकिस्त भएको र उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपछि सोही क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । Credit: OnlineKhabar ...
उद्योग परिसंघद्वारा ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

उद्योग परिसंघद्वारा ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

आर्थिक, देश, समाचार, स्वास्थ्य
नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्यतथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन् । परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिन्डर हस्तान्तरण गरेको छ । Advertisement यसैगरी परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।  स्वास्थ्य मन्...
प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन भयो : विज्ञ

प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन भयो : विज्ञ

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा सार्वजनिक अपील जारी गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई भोट मागेका छन् । नेकपा एमालेको अध्यक्षका तर्फबाट बुधबार दिउँसो २ पृष्ठ लामो अपील जारी गरेर ओलीले पार्टीका आधिकारिक उम्मेदवार बादललाई भोट नदिई अरुलाई दिएमा क्षम्य नहुने भन्दै एमालेका मतदातालाई चेतावनीसमेत दिएका छन् । निर्वाचन कानुनका जानकारहरुले यसरी मौन अवधिमा अपील जारी गरेर भोट माग्नु अनि मतदाताहरुमा धम्कीको भाषा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको बताएका छन् । निर्वाचन आयोगले पनि यसमा आफ्नो ध्यानाकर्षण भएको बताइसकेको छ ।  Advertisement पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती यसरी मौन अवधिमा सरकारले फलानालाई मतदान गर भन्नु आचारसंहिताको उल्लंघन भएको बताउँछन् । उनी भन्छन्, ‘यो आचारसंहिताको उल्लंघन हो, प्रधानमन्त्रीले यसो नगरेको भए हुन्थ...
निगमका जहाजले अड्किएका भारतीयलाई साउदी लैजाने

निगमका जहाजले अड्किएका भारतीयलाई साउदी लैजाने

देश, विदेश / एन.आर.एन, समाचार
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ । यी भारतीय अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानका लागि नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पुर्याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमले सात र  हिमालय एयरलाइन्सले तीन उडान गर्नेछन् ।   Advertisement निगमका  प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासका समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक ...
कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सात जनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।  Advertisement बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध थिए । अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।  यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका  ४६ वर्षीय पुरुष र...
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सिरहामा कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए । Advertisement उनका अनुसार डा.चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा.चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए ।  साभार: रातोपाटी ...