२०८३ बैशाख २७

Author: Raunak

बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु

बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, रुपन्देही । बुटवलमा थप १० जना कोरोना संक्रमितहरुको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत ७ जना रूपन्देहीका र ३ जना गुल्मीका छन् । बुटवल १२, रूपन्देहीका ४२ वर्षीय पुरुषको शुक्रबार विहान ९:४० बजे, बुटवल-८ रूपन्देहीको ५६ वर्षीय पुरुषको शुक्रबार साँझ ६:२९ बजे, बुटवल-११ रूपन्देहीकै ७२ वर्षीय महिलाको शनिबार विहान ६ बजे मृत्यु भएको छ । Advertisement यस्तै शुद्धोधन गाउँपालिका ६ रूपन्देहीकी २६ वर्षीय महिलाको शनिबार ६:३ बजे, तिलोत्तमा २ रुपन्देहीका ६१ वर्षीय पुरूषको शनिबार विहान ९: १५ बजे, वुटवल-११ की ६१ वर्षीया महिलाको शनिबार साँझ ५:२० बजे र सियारी ५ रूपन्देहीकी ५६ वर्षीया महिलाको शनिबार साँझ ५:४५ बजेनै मृत्‍यु भएको छ । यस्तै गुल्मीदरवार गाउँपालिका-५ गुल्मीका ४२ वर्षीय पुरुषको शनिबार दिउँसो २:१५ बजे, रे...
आफैं खोप किन्न रामपुर नगरपालिकाले माग्यो स्वास्थ्य मन्त्रालयसँग अनुमति

आफैं खोप किन्न रामपुर नगरपालिकाले माग्यो स्वास्थ्य मन्त्रालयसँग अनुमति

देश, समाचार, स्वास्थ्य
९ जेठ, पोखरा । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफैं कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार निवेदन दिएका छन् । सरकारले खोप उपलब्ध गराउन समय लागेपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग भेटेर अनुमति मागेको थापाले बताए । Advertisement ‘रामपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप चाहेका छौं । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ मेयर थापाले भने, ‘स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर निवेदन दिएका छौं । उहाँ सकारात्मक हुनुहुन्छ ।’ मेयर थापाले भारतीय गृहमन्त्री अमित शाहको सचिवालयमा रहेका सन्दीप राना रामपुर वडा नम्बर ७ कै ...
डब्ल्यूएचओले भन्यो– नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं

डब्ल्यूएचओले भन्यो– नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ । Advertisement डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’ पछिल्लो साता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु मुलुकका विभिन्न २६ राज्यमा पुगेका छन्...
राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

देश, समाचार, सामाजिक
९ जेठ, काठमाडौँ। संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । Advertisement त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ । यसैबीच, उनलाई निःसर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ । साभार: रातोपाटी ...
महामारीका बेला राजनीतिक गञ्जागोल

महामारीका बेला राजनीतिक गञ्जागोल

देश, राजनीति, समाचार
८जेठ, काठमाडौं । महामारीबाट नागरिकले भटाभट ज्यान गुमाइरहेको बेला राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु आत्मघाती भएको जनस्वास्थ्यविद्हरूले बताएका छन् । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनस्वास्थ्यविद्हरूले त्यसले ठूलो क्षति हुनसक्ने चेतावनी दिएका हुन् । Advertisement ‘सबैको ध्यान र गतिविधि महामारी नियन्त्रणमा भन्दा राजनीतिमा केन्द्रित हुन्छ । जसको कारण संक्रमण झन् विस्तार भई ठूलो क्षति हुन सक्छ, त्यस्तो अवस्थामा चुनावको कल्पना गर्न पनि सकिन्न’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी भन्छन् । कोरोना संक्रमणको कारण पछिल्लो सात दिनमा मात्रै १ हजार ३५५ जनाको मृत्यु भएको छ । अबको दुई साता यो मृत्युदर नघट्ने जनस्वास्थ्यविद्हरू ब...
बजेट अध्यादेशमार्फत आउने निश्चित

बजेट अध्यादेशमार्फत आउने निश्चित

अर्थतन्त्र, देश, समाचार
पछिल्लो विकसित राजनीतिक घटनाक्रमले आगामी बजेट अध्यादेशमार्फत आउने निश्चित  भएको छ । आगामी बजेट आउन अब एक साता बाँकी छ ।  प्रतिनीधिसभा नै विघटन भएपछि कामचलाउ सरकारले अध्यादेश मार्फत बजेट ल्याउने हो । संविधानको धारा ११९ को उपधारा ३ बमोजिम अर्थमन्त्रीले प्रत्येक वर्षको १५ जेठमा संघीय संसदमा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । संविधानले नै ग्यारेन्टी गरेकाले अध्यादेश  मार्फत बजेट  आउने विज्ञहरु बताउँछन् । अधिवक्ता सुनिल पोखरेल जसको सरकार हुन्छ, उसैले बजेट ल्याउने बताउँछन् । उनका अनुसार यदी कामचलाउ सरकारले नै बजेट ल्यायो भने समान्य हिसाबले बजेट ल्याउन पाउँछ, राज्य कोषमा व्ययभार पर्ने गरी बजेट ल्याउन पाउँदैन । संसद भए संसदबाट, नभए अध्यादेशबाट बजेट ल्याउन सकिनेछ । Advertisement बजेटका सिद्धान्त र प्राथमिकतामा १५ दिन अघि नै प्रतिनिधि सभामा पेश गर्नुपर्ने व्यव...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचाररत प्रदेशका ५ जिल्लाका २१ जनाको मृत्यु भएको हो। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  उनकाअनुसार कास्कीमा १२, स्याङजा ६, तनहुँ १, पर्वत १ र म्याग्दीमा १ जनाको मृत्यु भएको छ ।  Advertisement कास्कीको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा रुपन्देहीको बुटवल–३ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी पोखरा–९ की ८५ वर्षीय महिला, पोखरा–४ की ८३ वर्षीय महिला, पोखरा–१ की ३० वर्षीय महिला,पोखरा–१४ की ७० वर्षीय महिला, पोखरा–६ की ६८ वर्षीय महिला, पोखरा–१० की ६१ वर्षीय महिला, पोखरा–१७ का ३४ वर्षीय प...
माधव नेपाल पक्ष प्रतिक्रियावादी शक्तिको मतियार बन्योः ओली

माधव नेपाल पक्ष प्रतिक्रियावादी शक्तिको मतियार बन्योः ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको आरोप लगाएका छन् ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझिद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिँजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरूको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनका विरुद्धमा लागको बताएका हुन् ।  Advertisement उनले कम्युनिष्ट आन्दोलकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको बताए । उनले भने, ‘आजपनि हामी देख्न सक्छौँ, आन्दोलनकाविरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, विभत्स, कुरुपताको हद पनि विभत्स, अनुशासनहिनताको, अराजकताको, र विपक्षी...
राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको अवमूल्यनः राणा

राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको अवमूल्यनः राणा

देश, राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको अवमूल्यन भएको भन्दै विश्वमा सफल राजा सहितको प्रजातन्त्रको मोडल अनुसरण गरेर विगतको गल्ती सच्याउनु पर्ने बताएका छन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टि गरेको छ,’ राप्रपा अध्यक्ष राणाले शनिबार भने ।  Advertisement राजनीतिक कोर्स करेक्सन गर्नु पर्ने दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजा सहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन ।’ निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउनु जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्...
संविधान विरोधी तानाशाही कदमको प्रतिवाद गरौं : झलनाथ खनाल

संविधान विरोधी तानाशाही कदमको प्रतिवाद गरौं : झलनाथ खनाल

देश, राजनीति, समाचार
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा संविधान विरोधी काम भएको बताएका छन् । शनिबार खनालले आफ्ना विचार सार्वजनिक गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको उल्लेख गरेका छन् । उनीहरुको सो कदम  कदापि क्षम्य नहुने उनको भनाई छ । साथै सो कदमको  घोर भर्त्सना गर्दै त्यसको प्रतिवाद गर्न खनालले आग्रह गरेका छन् ।  Advertisement नेता खनालले भनेका छन्– ‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम  कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म  घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि  सबै दे...