२०८३ बैशाख २३

Author: Raunak

महेश बस्नेतविरुद्ध स्टाटस लेखेका पूर्वअसई चन्दलाई छाड्न काँग्रेसको दबाब

महेश बस्नेतविरुद्ध स्टाटस लेखेका पूर्वअसई चन्दलाई छाड्न काँग्रेसको दबाब

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा केपी ओली समूहका नेता महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्लीबहादुर चन्दलाई पक्राउ गरिएकोप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ । बस्नेतविरुद्ध स्टाटस लेखेकै आधारमा काँग्रेस निकट पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दलाई नेपालगञ्जबाट गिरफ्तार गरि काठमाडौँ ल्याइएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको बताए । Advertisement ‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाव दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन् । त्यस प्रकृतिको कुनै लेखाइल...
गुप्तचर संयन्त्रले थाल्यो  फोन–ट्यापिङ

गुप्तचर संयन्त्रले थाल्यो फोन–ट्यापिङ

देश, समाचार
काठमाडौँ । गुप्तचरी संयन्त्र भनेर चिनिने राष्ट्रिय अनुसन्धान विभागले फोन–ट्यापिङको तयारी गरेको छ । गुप्तचरलाई फोन ट्यापिङ गर्ने कानुनी अधिकार छैन । तर, विभागले गैरकानुनी रुपमै ट्यापिङ शुरु गर्न लागेको हो । प्रधानमन्त्री ओलीले २५ मंसिर ०७६ मा राष्ट्रिय सभामा ‘नेपाल विशेष सेवा विद्येयक’ दर्ता गराएका थिए । विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको सो विद्येयकमा गुप्तचर संयन्त्रले ‘फोन–ट्यापिङ गर्न पाउने’ प्रस्ताव गरिएको छ । तर, सो विद्येयक पारित भैसकेको छैन । अरु देशका गुप्तचर संयन्त्रको प्रतिगुप्तचरीको सिलसिलामा सन्दिग्ध र निगरानीमा रहेकाहरुको फोन इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न पाइने कानुन बनाउन प्रस्ताव गरिएको छ । ‘इन्टरसेप्सन’ सञ्चार सञ्जाललाई अनुगमन वा निगरानी गरी आवश्यकता अनुसार विषयवस्तु प्राप्त गर्ने काम हो । तर, नेपालको मौजुदा कानुनले ...
फरार दुई प्रतिवादी पक्राउ

फरार दुई प्रतिवादी पक्राउ

देश, समाचार, सामाजिक
अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । Advertisement चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।  उनका अनुसार लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ । अवैध काठसहित अटोरिक्सा चालक पक्राउ भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपस...
विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

देश, समाचार, सामाजिक
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । Advertisement प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ  । कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिनुभयो । उनीहरुबाट रु तीन लाख दुई हजार ५४९ राजस्व असुलीसमेत गरिएको छ । प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहका...
५११० मा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि

५११० मा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । Advertisement पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण दे...
ओलीले नयाँ पुस्तालाई दिऔँ भन्दा प्रचण्डले हिम्म्त गर्न सक्नुभएन : भट्ट

ओलीले नयाँ पुस्तालाई दिऔँ भन्दा प्रचण्डले हिम्म्त गर्न सक्नुभएन : भट्ट

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली पक्ष) का नेता लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै वैद्यानिक भएको दाबी गरेका छन् । राजधानीस्थित एक पार्टी प्यालेसमा आयोजित आफू निकटको भेलालाई सम्बोधन गर्दै भट्टले अहिलेको लिगेसी भनेको ओली नेत्ृव्को नेकपा भएको दाबी गरेका हुन् । पूर्वमाओवादी नेता समेत रहेका उद्योगमन्त्री भट्ट यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छाड्दै ओली खेमामा देखिएका छन् । कार्यक्रममा उनले अध्यक्ष प्रचण्डको खुलेर आलोचना गरे । Advertisement उनले भने, ‘प्रचण्डले सधैँ क्रमभङ्ग, धक्का अनि महाविपत्तिको सिद्धान्तको चर्चा गर्नुहुन्थ्यो । आज वहाँले महाविपत्ति ल्याउनुभएको छ । सडकमा गएर मच्चाइराख्नु भएको छ ।’ प्रचण्डले आफै अविश्वासको प्रस्ताव दर्ता गरेर अस्थिरता ल्याएको भन्दै अहिले सडकमा गएर फेरि आफै गणतन्त्र र ...
भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा संलग्न ‘सोले कुमार’ पक्राउ

भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा संलग्न ‘सोले कुमार’ पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्रेर काठमाडौं ल्याएको हो । तर, ब्युरोले उनलाई ईलामबाट पक्राउ गरेको दाबी गरेको छ । Advertisement सर्लाही घर भएका दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए । ०६५ मा बुढाथोकी सहितको समूहले रावललाई अपहरण गरेर १ करोड ५० लाख फिरौती पाएपछि अपहरण मुक्त गरेका थिए । अपहरणमा संलग्न अरु पाँचजना जेलमा छन् । सोले कुमार ०६४ मा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासत तोडेर भागेका थिए । अपहरण मुद्धामा उनलाई थप अनुसन्धान गरेर पुरक प्रतिवेदन पेश गरिने डिआइजी थापाले बता...
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

देश, राजनीति, समाचार
१५ पुस, काठमाडौं । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा परेको छ । बुधबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशमा चढेको पेसी हेर्न नभ्याइने परेको हो । Advertisement वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले कामचलाउ बनीसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग सहित छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिपति कार्यालयलाई प्रतिवादी बनाइएको छ । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री र त्यही प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको उल्लंघन भएको रिटमा उल्लेख छ । Credit: Onlin...
दरपिठ भएको संवैधानिक परिषद अध्यादेशसम्बन्धी रिट दर्ता गर्न आदेश

दरपिठ भएको संवैधानिक परिषद अध्यादेशसम्बन्धी रिट दर्ता गर्न आदेश

देश, राजनीति, समाचार
१५ पुस, काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले उक्त दरपीठ गरिदिएको उक्त रिट बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मंसिर ३० गते संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ संशोधन गर्न अध्यादेश जारी गरेकी थिइन् । Advertisement उक्त अध्यादेशले संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न अध्यक्षसहित ३ जना सदस्य भए पुग्ने व्यवस्था गरेको थियो । उक्त अध्यादेशअनुसार मंसिर ३० गते संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी बैठकले विभिन्न संवैध...
संसद विघटनको विरोधमा रौतहटमा प्रदर्शन

संसद विघटनको विरोधमा रौतहटमा प्रदर्शन

देश, राजनीति, समाचार, सामाजिक
१४ पुस, रौतहट । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले रौतहटको सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ । नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्का नाराबाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् । Advertisement प्रदर्शनपछि वीपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमनकारीका मुखिया एवं सरदार रहेको बताए । ओली कुनैपनि हालतमा कम्युनिस्ट नभएको र कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाए । ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउँदै उनले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पर्ने षड्यन्त्रमा लागेकाले संसद प...