२०८३ बैशाख २४

Author: Raunak

अमेरिकाको आधारभूत नेपाल नीतिमा परिवर्तन हुन्न : राजदूत बेरी

अमेरिकाको आधारभूत नेपाल नीतिमा परिवर्तन हुन्न : राजदूत बेरी

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
१९ माघ, काठमाडौं । अमेरिकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा परिर्वतन नहुने बताएका छन् । Advertisement सोमबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बेरीले विश्वव्यापी प्राथमिकताहरु फेरिन सक्ने बताए । ‘तर, समग्र नीतिमा परिर्वतन हुँदैन’ उनले भनेका छन् । Credit: OnlineKhabar ...
निर्वाचन तयारीका सम्बन्धमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल

निर्वाचन तयारीका सम्बन्धमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल

देश, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरुसँग नै भएकोले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताए । राजनीतिक निकाश हुनासाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रुपमा तयार रहेको आयोगले जनाएको उनको भनाई छ । Advertisement पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण रुपमा ...
ईश्वर पोखरेल नुवाकोट जाँदा बट्टारमा तनाव, झडपमा ५ जना घाइते

ईश्वर पोखरेल नुवाकोट जाँदा बट्टारमा तनाव, झडपमा ५ जना घाइते

देश, राजनीति, समाचार, सामाजिक
नेकपाको केपी ओली पक्षले नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य ईश्वर पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।  नुवाकोटको बट्टार क्याम्पस अगाडि ओलीको कदमको विरोध गर्न भेला भएका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले पोखरेललगायतलाई कालोझण्डा देखाएका हुन् । सो क्रममा प्रहरी हस्तक्षेप हुँदा प्रचण्ड नेपाल पक्षका विनोद कोइराला, प्रदीप भट्ट, दिपेश चित्रकारलगायत ५ जना सामान्य घाइते भएको प्रचण्ड नेपाल समूह निकट राष्ट्रिय युवासंघका सुरेश अधिकारीले जानकारी दिए ।  Advertisement सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गर्दा २ सटा सरकारी गाडीमा क्षति समेत भएको छ ।  ओली समूहले नुवाकोटको बट्टारमै सभाको आयोजना गरेको छ।  सो सभामा पोखरेलसहित ऊर्जामन्त्री टोपबहादुर रायमा...
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

देश, शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको सोमबारको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो । बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो ।   परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए । जसमा आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ ।  Advertisement कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ । परीक्षा स्थगित भएका परीक्षार्थीको वि...
सिम्लेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

सिम्लेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

देश, समाचार, सामाजिक
१९ माघ, काठमाडौं । धादिङको सिम्लेमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । Advertisement दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्काे ट्रकमा सामान्य क्षति पुगेको छ । साभार: रातोपाटी ...
हिरासतमा रहेकालाई छुटाउँछु भन्दै रकम लिने पक्राउ

हिरासतमा रहेकालाई छुटाउँछु भन्दै रकम लिने पक्राउ

देश, समाचार, सामाजिक
१८ माघ, काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाइदिने भन्दै २ लाख १० हजार लिएको आरोपमा दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले सिन्धुलीका वीरबहादुर तामाङ र रामेछापका ग्याल्छेन लामालाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट ठगी मुद्दामा ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । Advertisement उनीहरुले गत कात्तिक १६ गते सुनौलो कछुवासहित पक्राउ परेका धावा लामा र राजकुमार घिसिङलाई विना कारबाही थुनामुक्त गराउँछौं भनेर रकम लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो । Credit: OnlineKhabar ...
आज ८८ हजारले लगाए कोरोनाको खोप

आज ८८ हजारले लगाए कोरोनाको खोप

देश, समाचार, स्वास्थ्य
कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ ।  भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।  Advertisement मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित...
चीनको साहयता : तीन लाख खोप उपलब्ध गराउने

चीनको साहयता : तीन लाख खोप उपलब्ध गराउने

देश, समाचार, स्वास्थ्य
नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।  अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।  Advertisement विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।  साभार: रातोपाटी ...
छापामार शैलीमा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपर्‍योः अर्थमन्त्री पौडेल

छापामार शैलीमा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपर्‍योः अर्थमन्त्री पौडेल

देश, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलीमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्र्धन सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै आर्थमन्त्री पौडेलले छापामार शैलीमा संविधान र कानूनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरु गर्ने सडयन्त्रमुलक क्रियाकलाप भएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए । उनले अनुशासित प्रतिनिधिसभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधिसभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पनि बताए । संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशील र अनु...
प्रचण्ड- नेपाल समूहले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

प्रचण्ड- नेपाल समूहले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

देश, राजनीति, समाचार
काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार ११ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए । पार्टीको आधिकारिकता विवाद निर्वाचनका विषयमा बैठकमा केन्द्रित हुने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय लिएपछि प्रचण्ड नेपाल समूह आन्दोलित छ । Advertisement संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने उक्त अडानमा छ । नेकपा यतिबेला केपी ओली र प्रचण्ड नेपाल गरी दुई कित्तामा विभाजित छ । दुबै समूहले आधिकारिता दाबी गरिरहेका छन् ।  तर ११ माघमा आयोगले नेकप...