२०८३ बैशाख २५

Author: Raunak

सहारा बिजनेस ग्रुपमा रोजगारी अवसर : युवा उद्यमी सुदर्शन भन्छन ‘यो त ट्रेलर हो’

सहारा बिजनेस ग्रुपमा रोजगारी अवसर : युवा उद्यमी सुदर्शन भन्छन ‘यो त ट्रेलर हो’

अर्थतन्त्र, मिश्रित, रोजगार अवसर, समाचार, सूचना
सहारा बिजनेस ग्रुपले आफ्नै जग्गामा निर्माण भइरहेको मध्य बानेश्वर स्थित कर्पोरेट कार्यालय र बुढानिलकणठमा निर्माण भई रहेको जेरेटिक होमको निर्माण प्रक्रियामा आवश्यक केही कर्मचारी हरु का लागि रोजगारी अवसर श्रृजना गरेको छ। संस्थाका कार्यकारी अध्यक्ष सुदर्शन राज शर्मा भन्छन, " यो सानो ट्रेलर हो, हाम्रो १००० भन्दा बढी लाई रोजगारी दिने सपना प्रति हामी गम्भीर रुपले अघि बढेका छौं। Advertisement उक्त पद यस प्रकारको छ Field Supervisor of construction of Geriatric Home Required staff : 1Location: BudhanilkanthaQualification: Bachelors degree in complimenting field highly preferred Salary: As per qualification with mutual understandingSkills: Good communication skills, easy mobility, capability of dealing with suppliers and supervisory skills. Field...
प्रचण्डले भने- डा. बाबुराम र म मुद्दाको मोर्चामा एकै ठाउँ छौँ

प्रचण्डले भने- डा. बाबुराम र म मुद्दाको मोर्चामा एकै ठाउँ छौँ

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू अहिले एउटै पार्टीमा नरहेपनि मुद्दाको हिसावले एउटै मोर्चामा रहेको बताएका छन् ।  डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको शनिबार काठमाडौँमा भएको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।  Advertisement उनले आफू र बाबुराम भट्टराईबीचको सहकार्य र सम्बन्धको चर्चा गर्दै गुमनाम आमाहरुको कथाका पात्र, विश्लेषण र कथाले आफूलाई गम्भीर संश्लेषण गर्नुपर्नेतिर डोर्याएको महशुस भएको पनि बताए ।  ‘बाबुराम जी र म अहिले एउटै पार्टीमा छैनौ, तर मुद्दाको मोर्चामा हामी एकै ठाउँ छौँ । हजारौ सहिद, वेपत्ता, मानवीय अनुभूतिले फेरि पनि एकै ठाउँमा आउन प्रेरित गर्छन्’, प्रचण्डको भनाइ छ । प्रचण्डले लामो समयको संघर्षबाट प्राप्त उपलव्धि खो...
निर्माणाधीन पर्खाल भत्कियो, दुईको मृत्यु

निर्माणाधीन पर्खाल भत्कियो, दुईको मृत्यु

देश, समाचार, सामाजिक
दार्चुलामा निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो ।  एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए ।  Advertisement सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहर...
छात्रालाई होटलमा लगेर परीक्षा लिने शिक्षक जेल चलान

छात्रालाई होटलमा लगेर परीक्षा लिने शिक्षक जेल चलान

देश, शिक्षा, समाचार, सामाजिक
पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेलचलान भएका छन् । छात्रालाई एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् । गत मंसिरमा छात्रालाई पोखरादेखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । Advertisement छात्रालाई होटलमा लगेर परीक्षा लिएको सार्वजनिक भएपछि माघ ५ गते अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालय प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई पक्राउ गरेको थियो ।  शिक्षक पक्राउ पछि प्रहरीले आवश्यक अनुसन्धान गरी तीनै...
प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?

प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?

देश, राजनीति, समाचार
१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको बताएका छन् । २६ औं जनयुद्ध दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशत गरेको ‘जीवनगाथा’ पुस्तक आज काठमाडौंमा विमोचन गर्दै प्रचण्डले हजारौं सहिदको बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा पैदा भएको बताएका हुन् । Advertisement ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ,’ प्रचण्डले भने । जनयुद्धमा शहीद, बेपत्ता पारिएका तथा घाइतेहरुको विवरण समेटर तयार पारिएको ‘जीवनगाथा’ पुस्तकको विशेष अर्थ र महत्...
गम्छा र औंठीबाट खुल्यो महिला हत्याको रहस्य

गम्छा र औंठीबाट खुल्यो महिला हत्याको रहस्य

देश, समाचार, सामाजिक
३० माघ, वीरगञ्ज । माघ २५ गते मृत भेटिएकी बारा महागढीमाई नगरपालिका–१ बरियारपुर कान्तीदेवी कुशवाहको हत्या भएको खुलेको छ । घरभित्रै शव भेटिएको उनको हत्यामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको पाँच दिनपछि महागढीमाई–१ कचहरी टोलका ४२ वर्षीय लालबाबु प्रसाद कुशवाह र मठवा टोलकै ४८ वर्षीय धनेश्वरी देवी कुशवाह पक्राउ परेका हुन् । Advisement प्रहरीले घटनास्थलबाट अभियुक्तको रातो गम्छा र औठी भेट्टाएको थियो । गाउँको प्रत्येक घरमा गएर गम्छा र औठीको सम्बन्धमा बुझ्नुको साथै प्रविधिको प्रयोग गरेर अभियुक्त पत्ता लगाएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले यो घटना अनुसन्धानका लागि मिश्रकै नेतृत्वमा टोली खटाएको थियो । त्यस्तै प्रदेश नं २ प्रहरी कार्यालयले पनि प्रहरी नायब उपरीक्षक ज्ञान...
आज भेटिए एक सय २७ जना कोरोना सङ्क्रमित

आज भेटिए एक सय २७ जना कोरोना सङ्क्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ ।  आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमणको सङ्ख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । संस्थागत आइसोलेसनमा एक हजार चार र क्वारेन्टिनमा ७९ जना रहेका छन् ।  एक सय ३६ निको Advertisement यस्तै सङ्क्रमणबाट निको भएर आज १३६ जना घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार ७९६ जना रहेका छन् । नेपालमा निको हुनेको दर ९८।६ प्रतिशत रहेको छ । अहिलेसम्म दुई हजार ५४ जना सङ्क्रमणबाट निधन भएका छन् ।  पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँमात्र रहेको छ । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा इलाम, भोजपुर, सङ्ख...
पूर्वप्रधानमन्त्री खनाल दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना

पूर्वप्रधानमन्त्री खनाल दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना

देश, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता समेर रहेका खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत गएका थिए । खनालमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ ।  Advertisement खनाललाई  एपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले सामाजिक संजालमार्फत जानकारी दिए । आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट गरेका थिए । राजदूत आचार्यले शीघ्र पूर्ण स्वास्थ्यलाभको शुभकामना पनि गरेका छन् । खनाल श्रीमतीसहित आजै दिल्ली गएका थिए । साभार: रातोपाटी ...
संसदलाई सक्रिय बनाउन सकिन्छ: देव गुरुङ

संसदलाई सक्रिय बनाउन सकिन्छ: देव गुरुङ

देश, राजनीति, समाचार
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने  बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दावी गरे । साक्षात्कारमा बोल्दै गुरुङले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण दिए । उनले संविधान विपरित प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा सक्रिय र पुनःस्थापना हुन सक्ने दावी गरे । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउँदै सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडिया एक ठाउँमा उभिनुको विकल्प नभएको बताए । Advertisement प्र...
लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

देश, समाचार, सामाजिक
३० माघ, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसअघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने स्थापना दिवसको मूल समारोह दाङमा गर्ने गरी तयारीका काम भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । Advertisement जसअनुसार मूल समारोह फागुन ३ गते प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने भएको छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारीका बारेमा जानकारी दिदै मन्त्रालयका सचिव रविलाल पन्थले फागुन २ गते समृद्ध प्रदेश खुशी जनता शीर्षक...