२०८२ माघ १७

Author: admin

अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

SYM शुद्ध सकारात्मकता, देश
लुम्बिनी, १४ वैशाख (रासस) ः बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए । दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको बाटो नखोलिदिँदा समस्यामा परेका थिए । साढे दुई वर्षदेखि थन्किएका ती सवारी सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारले हालै कानुनी बाटो खुला गरिदिएको छ । प्रदेश मन्त्रिपरिषद्को २०८० वैशाख ८ गतेको बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रद...
अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री महत

अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री महत

अर्थतन्त्र
अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिनुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताउनुभएको हो । “अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन । यो परिवेश कसरी विकास भयो र कहाँ–कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिकरूपमा समाधानतर्फ जानुपर्छ”, अर्थमन्त्री महतले भन्नुभयो, “अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनका लागि सरकार र बाहिर बसेका सबै दलको साझा दृष्टिकोण बन्न जरुरी छ । त्यसमा हामी सहकार्य गरेर अगाडि बढ्नुपर्दछ ।” अर्थतन्त्र सुधारका लागि सबै दल मिल...
एमाले अध्यक्षमाथि अभद्र व्यवहार गर्ने पक्राउ

एमाले अध्यक्षमाथि अभद्र व्यवहार गर्ने पक्राउ

देश, समाचार
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताउनुभयो । बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले उहाँमाथि आक्रमणको प्रयास गरेको प्रवक्ता रिजालको भनाइ छ । कडा सुरक्षा घेराबीचमा कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली इलाम गइसकेको उहाँले बताउनुभयो । ...
विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

SYM शुद्ध सकारात्मकता, शिक्षा
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम सम्बन्धी पाठ्यक्रम नै बनाएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका विद्यार्थीलाई कम्युटर तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिनुभयो । गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । “शिक्षामा समानताको कुरा गरिए पनि सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अझैपनि कम्युटरसँग खेल्न पाएका छैन, कम्युटर सिकाइको अवसर पाउन सकेका छैनन्, उहाँले भन्नुभयो, “एसइईपछि नति...
राष्ट्रियसभाका बैठक ः सांसदको सङ्ख्या घटाउन माग

राष्ट्रियसभाका बैठक ः सांसदको सङ्ख्या घटाउन माग

राजनीति
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी÷दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ । समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ । ” उहाँले प्रतिनिधिसभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिनुभयो । विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उहाँको भनाइ छ । “अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरुमा दलीय भागब...
बीमा कम्पनीको चुक्ता पुँजी पु¥याउने समय असार मसान्तसम्म

बीमा कम्पनीको चुक्ता पुँजी पु¥याउने समय असार मसान्तसम्म

बैँक/ बीमा
बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पु¥याएको हो । यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो । “विसं २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पुँजी २०८० असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ”, संशोधित निर्देशिकामा भनिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनीका लागि रू पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका ...
मलङ्गवामा कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा

मलङ्गवामा कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा

शिक्षा
representative image मलङ्गवा नगरपालिकाले पहिलो पटक कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको छ । उक्त कक्षामा दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई नगरपालिकाले ग्रेड बृद्धिको परीक्षा यही वैशाख ११ र १२ गते सञ्चालन गरेको र परीक्षामा अङ्ग्रेजी, नेपाली, गणित, सामाजिकसहित मुख्य पाँच विषय समावेश गरिएको थियो ।परीक्षमा पाँच सामुदायिक र तीन निजी विद्यालयका तीन सय २९ विद्यार्थी सहभागी थिए । उक्त परीक्षाको नतिजा वैशाख १७ गतेसम्म प्रकाशन गरिने तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । सिकाइमा गुणस्तर कायम गर्न कक्षा ८ कोग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको र यसमा पनि अनुत्तीर्ण होइएला कि भन्ने डरले विद्यार्थीमा पढ्ने बानी बस्ने उहाँको भनाइ थियो । केन्द्रले कक्षा १० को पुरक परीक्षा लिएझैँ त्यसअनुरुप स्थानीय तहले पनि दुई विषयमा अनुत्तीर्ण भएक...
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

SYM शुद्ध सकारात्मकता
विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पु¥याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रङ्गीन ध्वजापताकाले सिङ्गारिएको सिङ्गो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पति तथा वन्यजन्तु हेलम्बुका आकर्षण हुन् । हेलम्बु आउनुभएका ललितपुरको जाउलाखेलका विपुल शाक्य यहाँको मनमोहक दृश्य देखेर मोहित हुनुभएको छ । काठमाडौँ उपत्यकाको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने क्रममा हेलम्बु आइपुग्नुभएका उहाँ आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दङ्ग पर्नुभयो । भूकम्पले गुम्बाको सहर भन...
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ

मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ

उद्यमशीलता
बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत कृषि तथा जङ्गली औषधिजन्य जडीबुटी हो । जडीबुटी सङ्कलनका लागि नासों गाउँपालिकाअन्तर्गत पहिलो चरणमा यार्सागुम्बा टिप्न नाम्के खर्क मनाङवासी पुगेका छन् । यससँगै माथिल्लो मनाङअन्तर्गत खाङ्सारखर्क र नारफुखर्क पुगेर मौसम र समयका आधारमा यार्सागुम्बा टिप्नने गरेको स्थानीय बताउँछन् । चामे गाउँपालिका–४ जगबहादुर गुरुङ भन्नुहुन्छ, “अहिले उपयुक्त मौसम भएकाले यार्सागुम्बा टिप्न लेकतर्फ जाँदै छौँ ।” जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको बैठकले यार्साग...
बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

राजनीति
बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनुभएको छ । जसपा अध्यक्ष यादवले १० हजार एक सय ९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले छ हजार आठ सय छ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ । यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार हजार ११ मतसहित तेस्रो स्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो । कुल एक लाख पाँच हजार दुई ...