विचार : भाषाको संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग
काठमाडौँ, २६ जेठ : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् मेसिन इन्टेलिजेन्स यी दुवै शब्दले कृत्रिम बौद्धिकतालाई बुझाउँछन् । प्राकृतिक बौद्धिकताले जन्माएका मेसिनले प्रदर्शन गर्ने बौद्धिकता नै एआई हो । मानवीय बौद्धिकता अनुभवबाट प्रकट गरिन्छ भने मेसिनको बौद्धिकतामा सेन्सरबाट प्रदर्शन हुन्छ । मेसिनमार्फत समस्याको पहिचान गरी त्यसको समाधान दिनसक्नु नै कृत्रिम बौद्धिकता हो । मोबाइलको क्यामराले अनुहार चिन्नु, आवाजको नक्कल गर्नु, स्वचालित कार मान्छेको सहायताबिना गुड्नु, गुगलमा खोजिएका नतिजा प्राप्त हुनु, कम्प्युटरमा चेस वा अन्य खेल खेल्न सक्नु एआईका उदाहरण हुन् ।
कम्प्युटर र कम्प्युटर नेटवर्कमा रहेका डाटाका आधारमा एआइले काम गर्ने हो । कम्प्युटर र कम्प्युटर नेटवर्कमा रहेका शब्द, तस्बिर र आवाजलाई कम्प्युटरको भाषामा डाटा भनिन्छ । त्यसैले अवको बिश्वमा डाटालाई सुनका रुपमा बुझन थालिएको छ ...









