२०८१ बैशाख ७

अब विद्यालय स्तरबाटै फिल्म पढ्न पाइने

साभार: रातोपाटी

काठमाडौं । अब विद्यालयस्तरबाटै फिल्मबारे पढ्न पाइने भएको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले आगामी बर्षबाट सो व्यवस्था गर्न लागेको हो ।
 चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नयाँ वर्षबाट पाठ्यपुस्तकमै फिल्म समेटिन लागेको बताए ।

यो बर्ष अव भ्याइदैन होला । पुस्तकहरु बाहिर आइसकेका छन्’ अध्यक्ष दाहालले भने ‘अर्काे वर्षबाट पाठ्यपुस्तकै फिल्म समेटिने छ ।’ फिल्मको विषय पाठ्यपुस्तकमा समेट्नका लागि पाठ्यक्रम विकास केन्द्रमा पटक पटक छलफल भएको समेत दाहालले जानकारी दिए ।

अर्काे बर्ष पाठ्यपुस्तकमा फिल्म समेटिने धेरै सम्भावन रहेको छ’ दाहालले थपे ।
पाठ्यपुस्तक बिकाश केन्द्रका महानिर्देशक, संयोजकले हामी तपाईहरुसँग सल्लाह गर्न खोजिरहेका थियौ । तपाईहरु आफै आउनु भएछ । ठिकै भयो भनेर पुस्तकमा फिल्म समेट्न सकारात्मक देखिएको दाहालको भनाइ छ ।
पाठ्यापुस्तकमा फिल्म समेटिने भएपनि बोर्ड अध्यक्ष दाहाल के कस्ता विषयबस्तु समेट्ने भनेर ब्यापक छलफलमा लागेका छन् । निषेधाज्ञा हटेपनि छलफल चलाउने उनको योजना रहेको छ । छलफलबाट निस्किएका विषयबस्तु नै पाठ्यपुस्तकमा राख्न बोर्डले पहल गर्नेछ ।


Advertisement


त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम निर्माण समितिको पदेन सदस्य समेत रहेका दाहालले नेपालका फिल्म कलेजका पाठ्यपुस्तक समेत अन्तराष्ट्रिय स्तरको बनाउन छलफल पनि भएको जानकारी दिए ।
उनले अगाडि भने, ‘नेपाली कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धनको लागि पनि यो आवश्यक रहेको छ ।

भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गराउने उद्देश्यले पुस्तकमा फिल्मका विषय समेट्न  केन्द्र तयार भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए ।

Copy link
Powered by Social Snap