२०८१ बैशाख ११

Tag: APPS

दोस्रो बजारलाई प्रविधिमैत्री बनाउँदै नेप्से, टीएमएसकाे मोबाइल एप बन्दै

दोस्रो बजारलाई प्रविधिमैत्री बनाउँदै नेप्से, टीएमएसकाे मोबाइल एप बन्दै

अर्थतन्त्र, शेयर बजार, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपालको पुँजी बजार पूर्णरुपमा प्रविधिमैत्री बन्दै गएको छ । प्राथमिक बजार प्रविधिमैत्रीतर्फ उन्मुख भइरहेका बेलामा दोस्रो बजार पनि प्रविधिमैत्री बनाउनमा नेप्से लागिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारलाई प्रविधि र लगानीकर्ता मैत्री बनाउन भन्दै टीएमएसको ‘मोबाइल एप’ बनाउने भएको छ । उक्त एप एन्ड्रोइड र एप्पल दुबै मोबाइलमा उपलब्ध हुनेछ । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको सहजताको लागि भन्दै एप निर्माण गर्न लागिएको हो । नेप्से स्रोतका अनुसार दोस्रो बजार पूर्णरुपमा अनलाइन प्रणालीमा गएसँगै मोबाइलबाट समेत कारोबार गर्न मिल्ने गरी एप बनाउन लागेको हो । अहिले धेरै लगानीकर्ता कम्प्युटरभन्दा पनि मोबाइलबाट बढी चलाउने रुचाउने भएकाले एप निर्माणमा नेप्सेले अग्रसरता देखाएको हो । यो एप सबै लगानीकर्ताका लागि भने अनिवार्य हुने ...