२०७९ मंसिर १२
Advertisement

Advertisement

जब कंगनाले आमिरको झुटो अन्तरवर्ता शेयर गरिन्

Credit: OnlineKhabar

नायिका कंगना रनावतको निशानामा पछिल्लो केही दिनदेखि नायक आमिर खान परिरहेका छन् । बलिउडका अधिकांश नायक–नायिकामाथि आक्रोशित रुपमा प्रस्तुत भैरहेकी कंगनाले आमिरको आलोचना गरिरहेकी छिन् । तर, उनी आलोचना गर्दा गर्दै यस्तो अवस्थामा पुगिसकेकी छिन् कि उनलाई कलाकारको समाचार र अन्तरवार्ता सही वा झुटो के हो भन्ने छुट्याउने फुर्सद समेत मिलेको छैन ।

हालैमात्र कंगनाले आफ्नो ट्विटरमा आमिरको एक अन्तरवार्ता शेयर गरिन् । जसमा आमिरले आफ्नी श्रीमती किरण र पूर्व श्रीमती रिना हिन्दु भएको तर आफ्ना सन्तानले भने मुश्लिम धर्म नै पछ्याउने गरेर बोलेको उल्लेख छ ।


Advertisement


कंगनाले अन्तरवर्ता शेयर गर्दै लेखिन्–‘उनी त कट्टर मुश्लिम हुन् । विवाहको अर्थ संकृती र जीनको मिश्रण मात्र नभएर धर्मको पनि मिश्रण हो । आफ्नो सन्तानलाई अल्लाह र श्रीकृष्ण दुबैको भक्ती सिकाएका छन् । यो त धर्मनिरपेक्षता हो नी ?’

कंगनाले शेयर गरेको अन्तरवर्ता झुटो भएको भन्दै एक प्रयोगकर्ताले जवाफ फर्काए । उनले, यो अन्तरवार्ता सार्वजनिक भएपछि आमिरले पनि यसको विरुद्धमा उजुरी दिएको उनले उल्लेख गरेका छन् । एक दशक भन्दा अगाडि आमिरले दिएको अन्तरवर्ता जुन झुटो निस्किएको छ । सोही अन्तरवर्ता शेयर गर्दै कंगनाले उनी विरुद्ध आक्रोश त पोखिन् । तर, जब झुटो अन्तरवर्ता भन्ने कुरा सार्वजनिक भयो, यसपछि कंगनाको आलोचना हुन थालेको छ ।

Copy link
Powered by Social Snap