२०८१ बैशाख ८

Tag: chalchitra

जब कंगनाले आमिरको झुटो अन्तरवर्ता शेयर गरिन्

जब कंगनाले आमिरको झुटो अन्तरवर्ता शेयर गरिन्

हलिउड/बलिउड
Credit: OnlineKhabar नायिका कंगना रनावतको निशानामा पछिल्लो केही दिनदेखि नायक आमिर खान परिरहेका छन् । बलिउडका अधिकांश नायक–नायिकामाथि आक्रोशित रुपमा प्रस्तुत भैरहेकी कंगनाले आमिरको आलोचना गरिरहेकी छिन् । तर, उनी आलोचना गर्दा गर्दै यस्तो अवस्थामा पुगिसकेकी छिन् कि उनलाई कलाकारको समाचार र अन्तरवार्ता सही वा झुटो के हो भन्ने छुट्याउने फुर्सद समेत मिलेको छैन । हालैमात्र कंगनाले आफ्नो ट्विटरमा आमिरको एक अन्तरवार्ता शेयर गरिन् । जसमा आमिरले आफ्नी श्रीमती किरण र पूर्व श्रीमती रिना हिन्दु भएको तर आफ्ना सन्तानले भने मुश्लिम धर्म नै पछ्याउने गरेर बोलेको उल्लेख छ । Advertisement कंगनाले अन्तरवर्ता शेयर गर्दै लेखिन्–‘उनी त कट्टर मुश्लिम हुन् । विवाहको अर्थ संकृती र जीनको मिश्रण मात्र नभएर धर्मको पनि मिश्रण हो । आफ्नो सन्तानलाई अल्लाह र श्रीकृष्ण दुबैको भक्ती सि...