२०८१ बैशाख ४

Tag: Nepal-China Border

सीमा विवादबारे चिनियाँ विदेश मन्त्रालयमा बाद विवाद

सीमा विवादबारे चिनियाँ विदेश मन्त्रालयमा बाद विवाद

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
१८ कात्तिक, काठमाडौं । हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको खबर असोज पहिलो साता सार्वजनिक भएपछि बेइजिङभन्दा पहिले नेपाल सरकार बोल्यो । र, चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्टीकरण दियो । काठमाडौंस्थित चिनियाँ दूताबासले पनि हुम्लामा नेपाली भूमि नमिचेको बतायो । तर सीमा विवादको बहस रोकिएन । प्रमुख विपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई स्थलगत अध्ययनमा पठायो र चिनियाँ पक्षबाट सीमा मिचिएको प्रतिवेदन सार्वजनिक गर्‍यो । त्यही प्रतिवेदनलाई टेकेर बेलायती पत्रिका दि डेल्ली टेलिग्राफले मंगलबार ‘एक्सक्लुसिभ’ भन्दै चीनले सेना पठाएर नेपाली भूभाग अतिक्रमण गरेको समाचार प्रकाशित गर्‍यो । त्यही समाचारमा आधारित भएर विश्वका अन्य सञ्चारमाध्यमले पनि सीमा मिचेको समाचार प्रकाशित गरेपछि चीन निकै क्रुद्ध बनेको छ । र, नेपालबारे कमै प्रश्न उठ्ने...