२०८१ बैशाख १२

‘नक्कली प्रेस कार्ड’ छाप्ने आरोपीबाट महाशाखाका प्रहरीमा कोरोना फैलियो

साभार: रातोपाटी

काठमाडौँ । नक्कली प्रेस कार्ड छाप्ने तीन जनालाई प्रहरीले बागबजारबाट पक्रेको थियो । पक्राउ परेका मध्ये एकजनाको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आयो ।

भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का र नवलपरासी घर भएका रमेश रेग्मीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा उनीहरुलाई पक्राउ गर्ने मध्येका दुईजना प्रहरीलाई कोरोनाभाइरस देखिएको छ । महाशाखामा कार्यरत एक प्रहरी सहायक निरिक्षक ९असई० र एकजना हवल्दारलाई कोरोना देखिएको छ ।


Advertisement


उनीहरुलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा पठाईएको अपराध महाशाखाका एक अधिकृतले रातोपाटीलाई बताए ।

उनीहरु दुई जनासहित अपराध महाशाखाका ७ जना प्रहरी संक्रमित छन् । महाशाखाबाट वृत जनसेवामा खटिएका १ जना, वृत सोह्रखुट्टेमा खटिएका एकजना बौद्ध वृतमा दुईजना  र गौशाला  वृतमा खटिएका १ जना सहित ५ प्रहरी जवानलाई संक्रमण देखिएको छ ।

नक्कली प्रेस कार्ड छाप्नेलाई पक्राउ गर्न गएका डिएसपीसहित १६ जना प्रहरी क्वारेन्टाइनमा बसेका छन् ।

Copy link
Powered by Social Snap