२०८१ बैशाख १३

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

साभार: रातोपाटी

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । 

गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । 

महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ । 

अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त साझा प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ । 


Advertisement


अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने जानकारी महासचिव पौडेलले दिए ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्ने लगायत विषयमा साझा प्रस्ताव तयार पारेका छन्।

Copy link
Powered by Social Snap