२०८१ बैशाख ८

Tag: Nepali congress MCC

आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू

आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू

देश, राजनीति, समाचार
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना 'मिलेनियम च्यालेन्ज कम्प्याक्ट' (एमसीसी) मा छलफल हुनेछ । कांग्रेस सांसद डा. डिला संग्रौलाकाअनुसार पार्टीले अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो । “पार्टी संसदीय दलले अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन दिएको छ,” उनले भनिन् ।  Advertisement प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा २ दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा छन् । संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गर्ने गृहकार्य देउवाको छ । जसको तयारीस्वरूप उनले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) तथा सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र) सँग पनि छलफल गरेका छन् । देउवालाई १३ सांसद भएको लोकतान...