२०८३ कार्तिक १३

कोरोना व्यवस्थापनका लागि बेलायतले नेपाललाई ७ अर्ब सहयोग गर्ने

साभार: सेतोपाटी

संयुक्त अधिराज्य बेलायतले नेपालमा कोरोना भाइरसका कारण उत्पन्न समस्या सम्बोधन गर्न करिब ७ अर्ब १५ करोड रूपैयाँ (४५.८ मिलियन पाउन्ड स्टर्लिङ) आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ।


Advertisement


अर्थमन्त्री डा.युवराज खतिवडा र बेलायतका विदेश तथा समाजकल्याण अफिसका राज्यमन्त्री लर्ड अहमदबीच द्विपक्षीय सहयोग र हितका विषयमा बिहीबार भिडिओ कन्फ्रेन्स भएको थियो।

उक्त छलफल क्रममा अहमदले नेपाललाई उक्त सहायता उपलब्ध गराउने घोषणा गरेका अर्थमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

उक्त छलफलमा अहमदले नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा संवाद र हरित विकास जस्ता विषयमा थप सहयोग गर्न बेलायत सरकार इच्छुक भएको बताएका थिए।

छलफलका क्रममा अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए।

खतिवडाले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको, लगानी आकर्षित गर्ने गरी सार्वजनिक निजी साझेदारी तथा लगानी वोर्ड ऐन लगायतका कानुनहरू निर्माण गरिएको जानकारी गराएका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap