२०८१ बैशाख १५

समाज लघुवित्तको आइपीओ बाँडफाँड हुँदै

साभार: आर्थिक सवाल

काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँडको तयारी गरिएको छ । कम्पनीले भोली (शनिबार) आइपिओ बाँडफाँड गर्ने भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शनिबार बाँडफाँट गर्ने तयारी गरिएको छ । तर अन्तिम निर्णय भने भइनसकेको क्यापिटलले जनाएको छ ।

शनिबार बाँडफाँड हुन नसकेमा आइतबार हुनेछ । बिक्री प्रबन्धकका अनुसार शुक्रबार प्रिअलोटमेन्ट गर्ने योजना छ । शुक्रबार प्रिअलोटमेन्ट भएमा शनिबार बाँडफाँड हुनेछ ।

त्यो सम्भव नभए आइतबार हुनेछ । समाजको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ ।

Copy link
Powered by Social Snap