२०८३ भाद्र १६

विपद्को घडीमा सिटिजन लाइफका एजेन्सी साथीहरूको मानवीय पहल




हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यही क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग गरेको छ।

यस सहयोगको एउटा विशेष पक्ष भनेको कम्पनीसँग आबद्ध एजेन्सी साथीहरूको स्वतःस्फूर्त पहल हो।

सिटिजन लाइफका प्रमुख बजार अधिकृत (CMO) भुषण रिमालका अनुसार, विपद्को अवस्था देखेपछि धेरै Agency साथीहरूले आफैं फोन गरेर “सर, एजेन्सी साथीहरूको तर्फबाट पनि योगदान गर्न चाहन्छौं” भन्दै सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए।

कुनै औपचारिक आग्रह वा दबाबभन्दा पनि आफ्नै मनबाट आएको यस्तो भावना र पहलले Agency नेटवर्कभित्र रहेको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई देखाउँछ। विपद्को समयमा आफ्नो व्यवसायिक भूमिकाभन्दा माथि उठेर प्रभावित नागरिकका लागि केही गर्नुपर्छ भन्ने सोचले Agency साथीहरूलाई योगदानका लागि अगाडि ल्याएको हो।



सिटिजन लाइफले गरेको कुल रु. १ करोड ५१ लाखको सहयोगमा सिटिजन लिडर्सहरूको तर्फबाट रु. १८ लाख ६७ हजार तथा कर्मचारीहरूको तर्फबाट रु. २१ लाख ३३ हजार योगदान रहेको छ।

कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल लगायतले अर्थ मन्त्रालयमा पुगेर उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।

विपद्को समयमा आर्थिक सहयोगको आफ्नै महत्व हुन्छ। तर त्यससँग जोडिएको भावना अझ महत्वपूर्ण हुन्छ। सिटिजन लाइफका Agency साथीहरूले देखाएको यो पहलले कम्पनी र Agency बीचको व्यावसायिक सम्बन्ध मात्र नभई सामाजिक जिम्मेवारीमा पनि एकसाथ उभिने सम्बन्धलाई प्रतिबिम्बित गरेको छ।

Copy link
Powered by Social Snap