२०८३ भाद्र १६

Tag: citizen life insurance

विपद्को घडीमा सिटिजन लाइफका एजेन्सी साथीहरूको मानवीय पहल

विपद्को घडीमा सिटिजन लाइफका एजेन्सी साथीहरूको मानवीय पहल

कर्पोरेट
हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यही क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग गरेको छ। यस सहयोगको एउटा विशेष पक्ष भनेको कम्पनीसँग आबद्ध एजेन्सी साथीहरूको स्वतःस्फूर्त पहल हो। सिटिजन लाइफका प्रमुख बजार अधिकृत (CMO) भुषण रिमालका अनुसार, विपद्को अवस्था देखेपछि धेरै Agency साथीहरूले आफैं फोन गरेर “सर, एजेन्सी साथीहरूको तर्फबाट पनि योगदान गर्न चाहन्छौं” भन्दै सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए। कुनै औपचारिक आग्रह वा दबाबभन्दा पनि आफ्नै मनबाट आएको यस्तो भावना र पहलले Agency नेटवर्कभित्र रहेको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई देखाउँछ। विपद्को समयमा आफ्नो व्यवसायिक भूमिकाभन्दा माथि उठेर प्रभावित नागरिकका लागि केही गर्नुपर्...