२०८३ मंसिर ९

KFC १७ औं वर्ष पार, ग्राहकलाई अफरको उपहार



काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसी (KFC) नेपालले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। सन् २००९ मा नेपाल भित्रिएको केएफसीले १७ वर्ष पूरा गरेको खुसियालीमा नोभेम्बर २४ र २५, २०२६ (मंसिर ८ र ९, २०८३) का दिन देशभरका आउटलेटहरूमा आकर्षक छुट योजना ल्याएको हो।

के छ १७ औं वार्षिकोत्सवको विशेष अफर?

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार दुई दिनसम्म चल्ने यो अफरमा ग्राहकहरूले दुई प्रकारका विशेष सुविधा पाउनेछन्:

  • पहिलो १७ ग्राहकलाई मात्र १७ रुपैयाँमा: नोभेम्बर २४ र २५ का दिन सञ्चालनमा रहेका प्रत्येक केएफसी आउटलेटमा पुग्ने सुरुका १७ जना ग्राहकले ८ पिस ‘हट एन्ड क्रिस्पी’ (Hot & Crispy) चिकेन मात्र रु. १७ मा प्राप्त गर्न सक्नेछन्।
  • अन्य ग्राहकलाई ५० प्रतिशत छुट: प्रत्येक आउटलेटका सुरुका १७ जना ग्राहकपछि आउने अन्य ग्राहकहरूले सोही ८ पिस ‘हट एन्ड क्रिपी’ चिकेन ५० प्रतिशत छुटसहित मात्र रु. १,१९९ मा खरिद गर्न पाउनेछन्।

कम्पनीका अनुसार यो अफर आउटलेटमै बसेर खाने (डाइन-इन) र प्याक गरेर लैजाने (टेकअवे) ग्राहकहरूका लागि मात्र लागू हुनेछ। साथै, स्टक रहुन्जेलसम्म मात्र यो सुविधा उपलब्ध गराइने केएफसी नेपालले जनाएको छ।

दरबारमार्गको एउटा आउटलेटदेखि ३१ सहरसम्मको १७ वर्षे यात्रा

केएफसीले सन् २००९ मा काठमाडौंको दरबारमार्गमा आफ्नो पहिलो रेस्टुरेन्ट खोलेर नेपालमा व्यावसायिक यात्रा सुरु गरेको थियो। एउटा रेस्टुरेन्टबाट सुरु भएको केएफसी आज नेपालको सबैभन्दा लोकप्रिय ‘क्विक सर्भिस रेस्टुरेन्ट’ (QSR) ब्रान्डका रूपमा स्थापित भइसकेको छ।

विगत १७ वर्षको अवधिमा केएफसी नेपालले आफ्नो विशिष्ट स्वाद, गुणस्तरीय खाना र उत्कृष्ट सेवामार्फत नेपाली उपभोक्ताहरूको मन जित्दै आएको छ। हाल केएफसीले काठमाडौं, पोखरा, चितवन, बुटवल, विराटनगर, इटहरी, नेपालगन्ज, बिर्तामोड, वीरगन्ज र कुरिनटार लगायत देशका ३१ वटा सहरहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ।

१७ औं वार्षिकोत्सवको यस विशेष अवसरमा केएफसी नेपालले आफ्नो यात्रालाई सफल बनाउन साथ दिने सम्पूर्ण ग्राहक, व्यावसायिक साझेदार तथा कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। ग्राहकहरूको निरन्तर माया र विश्वासले नै १७ वर्षको यो यात्रा स्मरणीय बनेको कम्पनीले उल्लेख गरेको छ।

Copy link
Powered by Social Snap