२०८३ कार्तिक १२

यसपालि ३६६ दिनको वर्ष : ‘लीप यिअर’ गणना गर्ने चलन नभएको भए के हुन्थ्यो




यो वर्षको पात्रोमा पहिलाको तुलनामा एक दिन थपिएको छ। सामान्यतया एक वर्षमा ३६५ दिन हुन्छन्। तर सन् २०२४ मा वर्ष ३६६ दिन हुने छन्।

वर्षमा अतिरिक्त एक दिन हुँदा त्यसलाई ‘लीप यिअर’ अर्थात् ‘अधिवर्ष’ भनिन्छ।

यो वर्ष थपिएको एक दिन अङ्ग्रेजी पात्रोको सबैभन्दा छोटो महिनामा पर्छ।

फेब्रुअरी २९ लाई ‘लीप डे’ अर्थात् अतिरिक्त दिन भनिन्छ र उक्त दिन कतिपय स्थानमा परम्परागत सांस्कृतिक र अन्धविश्वासमा आधारित गतिविधि गर्ने पनि चलन छ।

सामान्यतया लीप यिअर हरेक चार वर्षमा आउँछ। यसअघि सन् २०२० मा लीप यिअर थियो भने अब सन् २०२८ मा अर्को लीप यिअर आउँछ।


Advertisement


यद्यपि यससँग सम्बन्धित नियममा केही अपवाद छन्।

त्यसबारे हामी अन्त्यमा विश्वभरि लीप यिअर मनाउने परम्परासँगै चर्चा गर्ने छौँ।

लीप यिअर किन हुन्छ?

एक वर्षको पात्रोमा सामान्यतया ३६५ दिन हुन्छ। त्यो पृथ्वीले एक पटक सूर्यको परिक्रमा गर्न लाग्ने समय हो।

तर ३६५ दशमलब घटाइएको अङ्क हो।

सूर्यको परिक्रमा गर्दै ग्रहहरू
तस्बिरको क्याप्शन,पृथ्वीलाई वास्तवमा सूर्यको एक फन्को लगाउन ३६५.२४२१९० दिन लाग्छ

पृथ्वीलाई वास्तवमा सूर्यको एक फन्को लगाउन ३६५.२४२१९० दिन लाग्छ। अर्थात् ३६५ दिन पाँच घण्टा ४८ मिनेट र ५६ सेकेन्ड समय लगाएर पृथ्वीले सूर्यको परिक्रमा गर्छ।

यसलाई ‘साइडिअरिअल’ अर्थात् नाक्षत्रिक वर्ष भनिन्छ।

साइडिअरिअल वर्षको अवधि पात्रोमा हुने वर्षभन्दा केही बढी हुन्छ। तसर्थ त्यसबाट अतिरिक्त घण्टा, मिनेट र सेकेन्ड घटाउने गरिन्छ। 

अनि निश्चित वर्षपछि अतिरिक्त दिन थप गरेर पात्रोमा मिलान गरिन्छ।



लीप यिअरमा के गर्ने चलन छ?

लीप यिअरसँग विभिन्न परम्परा र अन्धविश्वासहरू विभिन्न समाजमा प्रचलित छन्।

आयरल्यान्डमा अविवाहित महिलाहरूले ‘लीप डे’ अर्थात् फेब्रुअरी २९ का दिन आफूलाई मन परेको व्यक्तिलाई प्रेम वा विवाहको प्रस्ताव राख्न पाउँछन्।

आयरल्यान्डमा 'लीप डे'मा महिलाहरूले पुरुषलाई प्रेम प्रस्ताव राख्छन्

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap