२०८३ कार्तिक १२

ए.एफ.टी.आई कर्पोरेसन ३५% लाभांस वितरणको तैयारी गर्दै : वितरण योग्य नाफामा उछाल




भेन्चर क्यापिटल र आक्रामक इन्भेष्टमेन्ट कम्पनीका रूपमा प्रचलित ए.एफ.टी.आई कर्पोरेसनले आफ्नो स्थापनाको ६ वर्ष यताकै उच्चतम लाभांस वितरण गर्ने भएको छ। आर्थिक वर्ष २०७९/८० को नाफा र अन्य शीर्षकको आम्दानी बाट हालसम्म कायम शेयरधनीहरुलाई लगानी उपज ३५% लाभांस वितरण गरिने भएको हो।

सम्पूर्ण लगानीहरु बाट औसतमा ६५% नाफा आर्जन गरेको ए.एफ.टी.आई ले लगानी कोषमा रकम जम्मा गरी बाकी रकम लाभांसका रूपमा वितरण गर्न लागेको हो।


Advertisement


संस्थाका सामूहिक सिईओ श्रद्देश आचार्यले अब आउँदो समयमा आफू मातहत रहेका संस्थाहरूमा बाहिरी लगानी भित्रयाउने सूचना हामीलाई प्रदान गरे।

नयाँ लगानीकर्ताका लागि उचित माहोल बनाउन र आफू तथा आफ्नो संस्थालाई सार्वजनिक अध्ययनका लागि खुला राख्न आउने दिन देखि त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने निर्णसमेत आचार्यले गरेका छन्।



“हाल रहेका सम्पूर्ण दीर्घकालीन दायित्वहरु न्यून पार्ने, थप नयाँ क्षेत्रमा उत्साहजनक लगानी थप्ने तथा नियन्त्रित कम्पनीहरुमा बाहिरी लगानी भित्राउँदै आउँदो ५ वर्ष भित्रमा कर्पोरेसनको आई.पी.ओ निकाल्ने हाम्रो लक्ष छ।” : श्रद्धेशले हामीलाई बताए।

स्वहि उदेश्यको अभ्यास स्वरूप उनले त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने निर्णय लिएका हुन।

हाल कम्पनीको अधिकांस स्वामित्व सिईओ श्रद्धेश आचार्य सँगै छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap