२०८३ कार्तिक १२

सिईओ श्रदेश आचार्यको व्यापारिक कुशलता : रु.२०० बाट ९ वटा कम्पनी सम्मको यात्रा (भिडियो भित्र)

Apex कलेजका BBA विद्यार्थीसँगको अन्तरक्रियामा युवा उद्द्यमी श्रद्धेश आचार्यले आफ्नो ब्यापारीक जिबनको उतार चडापको बारेमा केही कुरा समाबेश गरेका छन्।

ब्यापारिक जिबनका बारेमा बोलिरहदा त्यसको साथसाथै उनले आफ्नु कम्पनीमा कसरी आफ्नु कर्मचारीहरु लाई म्यानेज गर्छन् र कसरी उनीहरुलाई हौसला प्रदान गर्दै कम्पनीलाई आज यो स्थानमा पुर्‍याएका छन् भन्ने कुरा को पनि चर्चा गरिएको छ।

AFTI Corporation (P) Ltd. को मातहत, लगानी र साझेदारीमा हाल सम्म नौ (९) वटा कम्पनी रहेको श्रद्धेश आचार्यले बताए। सो आकडा नौ बाट सोह्र (१६) सम्म छिटोनै पुग्ने उनले बताएका छन।


Advertisement


यस अन्तरक्रियामा उनले आफ्नो काम प्रतिको लगाब र ब्यापारीक दक्षता देखाउदै हर कोहि मा लगनशीलता भयो भने नेपालमा पनि केहि गर्न सकिन्छ है भनेर युवाहरुलाई प्रोत्साहन गरेका छन्।

अन्तिममा उनले यो पनि थपेका छन् कि; आफू जस्तै युवाहरु अब को दिनमा जागिर खोज्ने हैन जागिरको अबसर सृजना गर्ने बन्नु पर्छ। जागिर लिने भन्दा पनि जागिर दिने बन्नु पर्छ। नेपालको सबै भन्दा ठूलो आवश्यकता नै त्यही हो, उनको भनाई छ।

सोही अन्तरक्रियाको भिडियो यहाँ सामाबेश गरिएको छ। SYM NETWORK HD को YouTube च्यानलमा पनि हेर्न सक्नु हुनेछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap