२०८१ बैशाख १८

Tag: क्लिन फिड

एक महिनाभित्र ‘क्लिन फिड’ लागू गर्न सरकार र व्यवसायी तयार

एक महिनाभित्र ‘क्लिन फिड’ लागू गर्न सरकार र व्यवसायी तयार

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागू गर्नेगरि आवश्यक प्रक्रिया अघि बढाएको छ ।  संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो । सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्माओलीले क्लिन फिडबारे चासो व्यक्त गरेपछि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको हो ।  मन्त्रालयमा भएको छलफलमा क्लिन फिड लागू गर्ने बारेमा प्राविधिक र अन्य तयारीका विषयमा दुवै पक्ष सहमत भएको सञ्चार सचिव हरि बस्यालले बताए । सचिव बस्यालले निर्धारित मितिमा क्लिन फिड पूर्ण रुपमा लागू गर्न सरकार तयार रहेको भन्दै यसको विकल्प नभएको जनाए । उनले भने, ‘मन्त्रालयमा भएको छलफल सकारात्मक छ । सरकार क्लिन फिड सम्बन्धी ऐन कार्यन्वयन गर्न र विज्ञापन बोर्...