२०८० चैत्र १६

एक महिनाभित्र ‘क्लिन फिड’ लागू गर्न सरकार र व्यवसायी तयार

साभार: रातोपाटी

काठमाडौं । सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागू गर्नेगरि आवश्यक प्रक्रिया अघि बढाएको छ ।  संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो । सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्माओलीले क्लिन फिडबारे चासो व्यक्त गरेपछि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको हो । 


मन्त्रालयमा भएको छलफलमा क्लिन फिड लागू गर्ने बारेमा प्राविधिक र अन्य तयारीका विषयमा दुवै पक्ष सहमत भएको सञ्चार सचिव हरि बस्यालले बताए । सचिव बस्यालले निर्धारित मितिमा क्लिन फिड पूर्ण रुपमा लागू गर्न सरकार तयार रहेको भन्दै यसको विकल्प नभएको जनाए । उनले भने, ‘मन्त्रालयमा भएको छलफल सकारात्मक छ । सरकार क्लिन फिड सम्बन्धी ऐन कार्यन्वयन गर्न र विज्ञापन बोर्ड गठन गर्न तयार छ । सरोकारवालाहरुले पनि क्लिन फिड लगाउन सकिन्छ भन्नुभएको छ ।’

सचिव बस्यालका अनुसार सरकारले ऐन कार्यन्वयनका लागि नियमावली समेत बनाइरहेको छ ।  यसबीचमा विज्ञापन बोर्ड पनि गठन हुने तर बोर्ड गठन नभए पनि क्लिन फिड लागू गर्न समस्या नरहेको उनको भनाई छ । ‘कात्तिक ८ भित्र विज्ञापन बोर्ड गठन हुन्छ’, सचिव वस्यालले रातोपाटीलाई बताए । 

मन्त्रालयमा भएको छलफलमा विदेशी च्यानल वितरक तथा सेवादायकहरुले कात्तिक ८ देखि क्लिन फिड लागू हुनुपर्नेमा सरकारलेनै समयमा तयारी नगरेको विषयमा ध्यानाकर्षण गराएको मेगा म्याक्स टिभी प्रालिका उपाध्यक्ष धु्रव शर्माले बताए । क्लिनफिड पूर्ण रुपमा लागू गराउन विदेशी तथा नेपाली अवैध ओडिटी एप्सहरु बन्द गराइनुपर्ने माग समेत छलफलमा उठेको शर्माले जानकारी दिए ।


Advertisement


यतिबेलासम्म क्लिन फिड लागू गर्नका लागि आवश्यक उपकरणहरु ल्याइसक्नुपर्नेमा सरकारले अनुमति नदिँदा ढिला भएको डिजिटल सिस्टम अफ नेपालका निर्देशक शिव निरौलाले बताए । डिभाइस उपकरण जति चाँडो ल्याउन सकियो त्यतिनै क्लिन फिड निर्धारित समयमा लागू गर्न सकिने निरौलाको भनाई छ ।

क्लिन फिड लगाइने डिभाइस चाँडो आएको खण्डमा सरकारले पूर्व तयारी तथा अनुगमन गर्न समय पाउने र व्यवसायीले पनि समयमै काम सम्पन्न गर्न सक्ने व्यवसायीहरुको भनाई छ ।  सचिव बस्यालले भने चार पाँच दिनभित्रै च्यानल वितरकहरुले क्लिन फिड लागू गर्न लिखित प्रतिबद्धता जनाउने सहमति भएको र उपकरण आयातका लागि मन्त्रालयले विभागमार्फत अनुमति दिने प्रष्ट पारे । उनले उपकरणका कारण क्लिन फिड लागू गर्न नसक्ने अवस्था आउन नदिइने पनि बताए । 

क्लिन फिडसम्बन्धी विज्ञापन ऐन संसदको गत हिउँदे अधिवेशनबाट पारित भएको थियो । सो ऐन कार्यन्वयन कात्तिक ८ गतेबाट हुनुपर्नेछ । ऐन पारित हुने बेला विदेशी च्यानल वितरकहरुले विरोध गरेपनि अहिले ऐन कार्यन्वयनका उनीहरु इच्छुक भएका छन् ।

क्लिन फिडमा जानका लागि सहमति जनाउँँदै विदेशी सशुल्क च्यानलहरुले पनि सूचना तथा प्रसारण विभागमा पत्र पठाइसकेका छन् । साउनदेखि नविकरण गर्दा सरकारले तोकेको मितिमा क्लिन फिड लागू गर्ने प्रतिबिद्धतासहित उनीहरुले डाउनलिंक अनुमतिपत्र समेत लिइसकेका छन् । क्लिन फिड लागू भएपछि विदेशी च्यानलको प्रसारणमा विदेशी विज्ञापन हुने छैन । विदेशी कलाकारको आवाजका विज्ञापन समेत अब प्रसारण गर्न पाइदै

Copy link
Powered by Social Snap