२०८१ बैशाख ७

Tag: yuwraj khatiwada

‘प्रधानमन्त्रीलाई भनेको छु, काम गर्न जहाँ पनि तयार छु’- डा. खतिवडा

‘प्रधानमन्त्रीलाई भनेको छु, काम गर्न जहाँ पनि तयार छु’- डा. खतिवडा

देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीलाई आफूले जुन ठाउँमा भए पनि काम गर्न तयार रहेको बताएका छन् । शुक्रबार राजीनामा बुझाउनु अघि मन्त्रालय मातहतका विभागीय प्रमुखहरुसँगको भेटमा खतिवडाले भने, ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, मेरो ज्ञान, अनुभवलाई निष्ठापूर्वक प्रयोग हुने ठाउँमा, जुन पदमा, जुन जिम्मेवारीमा वा बिना पद र जिम्मेवारी रहे पनि पदीय जिम्मेवारी बाहिर रहे पनि काम गर्न तयार छु । त्यसैले मबाट सहयोग प्राप्त हुन सक्छ भने निसंकोच भन्दा हुन्छ ।’ विभागीय प्रमुखहरुसँगको भेटमा खतिवडाले कैयन पटक भविष्यमा केही परे आफू सहयोग गर्न तयार रहेको र निसंकोच सहयोग माग्न आग्रह गरे । उनले आफूले मन्त्रालयमा दुई जना सचिवलाई मिलाएर राख्न सकेकोमा गर्व समेत गरे । ‘पहिले मन्त्रालयमा अर्थ र राजस्व सचिव हुँदा दुईबीच कहिले के कहिले के चलिरहेको हुन्थ्यो...