२०८१ बैशाख ११

Tag: weed supply

चितवनमा एक सय किलो गाँजासहित दुई पक्राउ

चितवनमा एक सय किलो गाँजासहित दुई पक्राउ

देश, राजनीति, समाचार
साभार: सेतोपाटी चितवन प्रहरीले एक सय किलोग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। राप्ती नगरपालिकाको वडा नम्बर ८ स्थित दवाडी चोक नजिकै पम्फा खोलाको किनारमा रहेको सडकको छेउमा पाँच वटा बोरामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।  भदौ २१ गते राति साढे १ बजेको समयमा गस्तीमा गएको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले वेवारिसे अवस्थाका बोरा देखेपछि खोलेर हेर्दा गाँजा रहेको फेला पारेको थापाले बताए। बिहीबार उक्त गाँजाको कारोबारमा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिएपछि शुक्रबार सार्वजनिक गरिएको हो। ना ३९ प २२५८ नम्बरको मोटरसाइकल प्रयोगगरी गाँजाको कारोबार गर्दै आएका दोर्जे तामाङ र पछाडि बसेका पदमबहादुर मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। Advertisement गाँ...