२०८१ बैशाख १३

Tag: uttamraj subedi

सुदूरपश्चिम प्रदेश प्रहरीले ल्यायो दसैं लक्षित विशेष सुरक्षा योजना, कुकुरसहित गस्ती

सुदूरपश्चिम प्रदेश प्रहरीले ल्यायो दसैं लक्षित विशेष सुरक्षा योजना, कुकुरसहित गस्ती

देश, समाचार
साभार: रातोपाटी काठमाडौँ । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल डोटीले नजिकिएको चाडबाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वमा हुनसक्ने सम्भावित हत्या, अपहरण, ठगी, चोरी, डकैती, पटाका लगायतका विस्फोटक पदार्थ, महिला हिंसालगायत घटनालाई घट्न नदिन छुट्टाछुट्टै विशेष प्रहरी टोली तयार गरेको छ । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले विशेष सुरक्षा योजना कार्यक्रम आइतबारबाट प्रदेशका ९ वटै जिल्लामा लागू हुने बताए । शान्ति सुरक्षाको भरपर्दो व्यवस्थापनका साथै कुनै अप्रिय घटना एवं दुर्घटनारहित चाडपर्व मनाउन डीआईजी सुवेदीले आग्रह समेत गरे । वर्तमान समयमा विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणले समग्र विश्व नै आक्रान्त बनिरहेको अवस्थामा संक्रमणलाई समुदायस्तरमा थप फैलनबाट रोक...