२०८२ चैत्र १

Tag: uttamraj subedi

सुदूरपश्चिम प्रदेश प्रहरीले ल्यायो दसैं लक्षित विशेष सुरक्षा योजना, कुकुरसहित गस्ती

सुदूरपश्चिम प्रदेश प्रहरीले ल्यायो दसैं लक्षित विशेष सुरक्षा योजना, कुकुरसहित गस्ती

देश, समाचार
साभार: रातोपाटीकाठमाडौँ । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल डोटीले नजिकिएको चाडबाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वमा हुनसक्ने सम्भावित हत्या, अपहरण, ठगी, चोरी, डकैती, पटाका लगायतका विस्फोटक पदार्थ, महिला हिंसालगायत घटनालाई घट्न नदिन छुट्टाछुट्टै विशेष प्रहरी टोली तयार गरेको छ ।सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले विशेष सुरक्षा योजना कार्यक्रम आइतबारबाट प्रदेशका ९ वटै जिल्लामा लागू हुने बताए । शान्ति सुरक्षाको भरपर्दो व्यवस्थापनका साथै कुनै अप्रिय घटना एवं दुर्घटनारहित चाडपर्व मनाउन डीआईजी सुवेदीले आग्रह समेत गरे ।वर्तमान समयमा विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणले समग्र विश्व नै आक्रान्त बनिरहेको अवस्थामा संक्रमणलाई समुदायस्तरमा थप फैलनबाट रोक...