२०८१ बैशाख ४

Tag: truck

साउनमा आयात घट्यो, निर्यातमा सुधार

साउनमा आयात घट्यो, निर्यातमा सुधार

समाचार
Credit: OnlineKhabar ९ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागका अनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ । साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको वस्तु आयात र ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा आयात १ खर्ब भन्दा बढीको थियो भने निर्यात ८ अर्ब ८३ करोड रुपैयाँको भएको थियो । आयातमा आएको कमी र निर्यातमा सामान्य वृद्धिले एक महिनाको व्यापार घाटामा समेत सामान्य सुधार देखिएको छ । यद्यपि अर्थतन्त्रमा यस्तो सुधार भने गत आर्थिक वर्षदेखि नै देखिएको थियो । विभागका तथ्यांक अनुसार एक महिनामा कुल व्यापार घाटा ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा साउन महिनाको व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ बराबरको थियो...