२०८१ बैशाख ११

Tag: tickect booking due to dashain

दशैँको अग्रिम टिकट बुकिङ्ग अझै अनिश्चित

दशैँको अग्रिम टिकट बुकिङ्ग अझै अनिश्चित

देश, समाचार
साभार: रातोपाटी करिब ६ महिनापछि लामो दुरीका सार्वजनिक यातायात आजदेखि खुल्ला भएको छ । दशैँ–तिहारको मुखैमा खुल्ला भएको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग भने अहिले नै निश्चित भइनसकेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् । आजैबाट मात्र खुल्ला भएको सार्वजनिक यातायातको निरन्तरता अझै के हुने हो निश्चित नभइसकेको अवस्थामा व्यवसायीहरुले यसबारेमा निर्णय नगरिसकेको सिटौलाको भनाइ छ । अग्रिम टिकट बुकिङ्ग खुल्ला गर्ने बारे व्यवसायीहरुको अर्को बैठकले निर्णय गर्ने तर यो छिट्टै नै गरिने सिटौलाले बताए ।  करिब ६ महिना लामो समयपछि आजबाट सार्वजनिक यातायात सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकार,व्यवसायी, संचारकर्मी लगायत सम्पूर्ण यात्रुहरुलाई शुभकामना व्यक्त गरेका छन् । Advert...