२०८१ जेष्ठ ४

Tag: SYM NETWORK

जलका स्रोतमा पूजा गरी मनाइयो सिठी नख पर्व

जलका स्रोतमा पूजा गरी मनाइयो सिठी नख पर्व

देश
राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा गर्नाका साथै पूजा–आराधना गरी सिठी नख पर्व मनाएका छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रूपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नुपर्नेमा उल्लेख गरिएको छ । पुराणअनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्रा डा देमणि भट्टराईले बताउनुभयो । सो अवसरमा राजधानीलगायत देशभरका पानीका मुहानमा सफाइ गरिएको हो । यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाइएका छन् । नेवार समुदायबाट पानीको स्रोतको सफाइ सिकेकाले पनि यो पर्व मनाउने गरेका छन् । मनाइयो कुमार षष्ठी ज्येष्ठ शुक्ल षष्ठीकै दिन मनाइने कुमार षष्ठी पर्व पनि आज देवताहरुका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी मनाइएको छ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपम...
शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

राजनीति
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताउनुभएको छ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त प्रकरणले नेपालीलाई लज्जित बनाएको बताउनुभयो । उहाँले समृद्धिको पूर्वशर्तका रुपमा रहेको सुशासन कायमका सन्दर्भमा चुनौती खडा गरेकाले राजनीतिक दबाब र अवाञ्छित प्रभावबाट मुक्त भई अनुसन्धान गर्नन नेपाल प्रहरीलाई निर्देशन दिइएको स्पष्ट गर्नुभयो । नेपाल प्रहरीले सो प्रकरणमा पूर्वगृहमन्त्रीसहित ३० जनालाई बुधबार राज्यविरुद्धको अपराध, ठगी र कीर्ते लगायतका मुद्दा दायर गरिसकेको छ । “भ्रष्टाचार र कमिसनको जालोलाई नतोड्दासम्म समृद्धिको यात्राले तीव्रता पाउन सक्दैन । यस मामिलामा नेपाल सरकार...

Panchkhal drinking water project: 7,000 households to get direct benefit

SYM शुद्ध सकारात्मकता, देश
The Panchkhal Urban Water Supply and Sanitation (Sector) Project that began with the objective of ensuring water supply to 7,000 households has gained momentum.The project that has been extended by a year is expected to get completion within mid-January next year. An agreement was reached among the Urban Water Supply and Sanitation Project, Town Development Fund, Panchkhal municipality and drinking water users in 2019 in a way to complete the project by mid-January 2023. The agreed project period was extended by a year in the pretext of coronavirus pandemic and other reasons.It may be noted that the government in its current fiscal year budget had pledged to accomplish the project in the beginning of 2023.A contract was signed with Huwai Kankai JV at the cost of Rs 1 billion ...
राससमा तस्विर प्रदर्शनी सुरु

राससमा तस्विर प्रदर्शनी सुरु

समाचार
राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्विर प्रदर्शनी सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्विरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक प्रदर्शनीको आज उद्घाटन गर्नुभयो । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्विर समाविष्ट गरिएको छ । राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्विर प्रदर्शनीमा राखिएको छ । मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवं धर्मावलम्बीला...
उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने

शिक्षा
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको हो । नगरपालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षाअन्तर्गत कक्षा ६–९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–१० अर्खौलेस्थित सरस्वती मावि पहिलो भएको छ । सो विद्यालयलाई रु दुई लाख प्रदान गरिने छ । यस्तै हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको कालिका मावि दोस्रो तथा हलेसी तुवाचुङ–९ धितुङस्थित बुलापन्थे मावि तेस्रो भए । दुवैलाई क्रमशः रु ५० हजार र २० हजार प्रदान गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै कक्षा ४–५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी त...
हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

देश, समाचार
कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको रु २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो । यो सातादेखि पहिलो चरणमा पाँच किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले जानकारी दिनुभयो । यो सडक खण्डको १० किलोमिटरमध्ये यो आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र गरिने महतोले बताउनुभयो । निर्माण कम्पनी रायामाझी, आजादका प्रतिनिधि प्रेमकुमार मल्लले आगामी पुस महिनाभित्र १० किलोमिटर नै कालोपत्र सक्ने लक्ष्य रहेको बताउनुभयो । वर्षात्को समयमा यो सडकमा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो । हिलेबाट त्रिवेणीसम्म करिब २६ किलो...
विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

SYM शुद्ध सकारात्मकता
सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो । कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ । “साइकल चलाउनुका फाइदैफाइदा छन् । स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो । यो वातावरणमैत्री पनि छ”, साइकल चलाउन सिक्दै गर्नुभएकी स्याङ्तानले भन्नुभयो । रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ । दुःख साइकल चलाउने बाटोे कच्ची भएकामा छ । तल्लो देउजोरबाट माथ...
नवनियुक्त मन्त्रीको शपथग्रहण आज

नवनियुक्त मन्त्रीको शपथग्रहण आज

राजनीति
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त हुनुभएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ । दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ । मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको हो । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । ...
एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा

एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा

खेलकुद
जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा ओमान, श्रीलङ्का, स्कटल्यान्ड, आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) छन् । आगामी असार ३ गतेदेखि असार २४ सम्म जिम्बावेमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रले भाग लिनेछन् । समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । समूह चरणबाट आ–आफ्नो समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एउटा समूहले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सको शीर्ष दुईभित्र रहने टोली आगामी अक्टोबरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । प्रतियोगिताका लागि...
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित : प्रधानमन्त्री

नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित : प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताउनुभएको छ । यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “नीति कार्यक्रमको मुख्य विषय कसरी उत्पादन बढाउने र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने भन्ने हो ।” प्रस्तुत नीति तथा कार्यक्रमले सङ्घीयताको सदृढीकरण, अर्थतन्त्रको संरचनात्मक सुधार र पुनःउत्थान, कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, आद्योगिक क्षेत्रको प्रवद्र्धन, उत्पादन र रोजगार वृद्धि गर्ने प्रधानमन्त्रीको भनाइ छ । “आयात व्यवस्थापन र निर्यात प्रवद्र्धन, विकास निर्माण कार्यको निर्धारित लागत र समयमा सम्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्...