२०८१ बैशाख १४

Tag: sumit kumar

प्रहरीकै छोराको रहस्यमय मृत्युमा गम्भिरतापूर्वक अनुसन्धान नभएको गुनासो

प्रहरीकै छोराको रहस्यमय मृत्युमा गम्भिरतापूर्वक अनुसन्धान नभएको गुनासो

देश, समाचार
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । नेपाल प्रहरीकै एकजना सदस्यको छोराको रहस्यमय मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले गाम्भिर्यता नदेखाएको पीडित परिवारले गुनासो गरेको छ । जिल्ला प्रहरी कार्यालय, वीरगञ्जमा कार्यरत प्रहरी हवल्दार मनिभुषण यादवका ९ वर्षीय छोरा सुमितकुमार यादवको मृत्यु प्रकरणमा अनुसन्धान गर्न प्रहरी उदासीन देखिएको परिवारले गुनासो गरेको हो । बाराको देउताल गाउँपालिका–५, धुराहास्थित घरबाट हवल्दार पुत्र सुमित गत १९ भदौमा हराएका थिए । तत्काल खोजतलासका लागि प्रहरीलाई आग्रह गरिएको थियो । त्यसक्रममा भोलिपल्ट उनको शव गाउँबाट दुई किलोमिटर पूर्वतिरको पोखरीमा भेटिएको थियो । मृतकका हजुरबुबा मुसाफिर यादव अनकन्टार ठाउँमा भएको पोखरीमा सुमित एक्लै गए भन्ने विषय नै शंकास्पद भएको बताउँछन् । प्रहरीले प्रारम्भिक अनुसन्धान नै नगरी डुबेर मृत्यु भएको जस्तो गैरजिम्मेवार प्रत...