२०८० चैत्र १६

Tag: Rape in nepal

अस्मिताको मूल्य जनही २५ हजार : सामूहिक बलात्कार पीडित किशोरीद्वारा आत्महत्या

अस्मिताको मूल्य जनही २५ हजार : सामूहिक बलात्कार पीडित किशोरीद्वारा आत्महत्या

देश, समाचार, सामाजिक
मिलापत्रका लागि दबाब दिने समाजका ‘अगुवा’हरु पक्राउ साभार: रातोपाटी काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रह्मपुरमा जघन्य अपराधमा मिलापत्रका लागि दबाब दिने समाजका अगुवाहरु कानुनी फन्दामा परेका छन् । बलात्कृत स्थानीय किशोरीलाई न्यायको प्रत्याभूति दिनुको साटो ती अगुवाहरुले मिलापत्रका लागि पीडित पक्षलाई नै दबाब दिएका कारण ती किशोरीले आत्महत्या गरेपछि मामिला प्रकाशमा आएको हो । प्रहरीका अनुसार भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएका बेला गाउँका चार युवा आएर उनलाई घेरे । स्थानीय जुगेश्वरी साहको खेतको आलीमा दुई युवाले राक्षसी स्वरुपमा उनलाई बलात्कार गरे । उनी चिच्याइरहिन् तर उनको रोदन सुन्ने कोही भएन । अर्का दुई युवाले उनलाई फेरि झम्टिए । बलात्कार प्रयास गरे, कसोकसो त्यहाँबाट फुत्केर उनी घर पुगिन् र आमालाई भनिन् । डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण ...
न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

देश, समाचार, सामाजिक
साभार: रातोपाटी सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् ।  मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरू...
बलात्कार पीडित परिवारलाई यो सहरले लखेटी छाड्यो

बलात्कार पीडित परिवारलाई यो सहरले लखेटी छाड्यो

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । गत ७ असारमा उनका श्रीमान प्रहरी हिरासतमा पुगे । त्यो पनि, आफ्नै छोरी बलात्कारको अभियोगमा । त्यसपछि सुरु हुन्छ, शिखा (नाम परिवर्तन) को वियोगान्त कथा । शिखाको खुट्टामा जन्मजात समस्या छ । लठ्ठीको सहाराले पनि उनलाई पाइला सार्न धौधौ पर्छ । तर, घिस्रिएरै भए पनि यो धर्तीमा उनले ३८ वर्ष बिताइसकिन् । शारीरिक अशक्तताका कारण अपमानका थुप्रै जंघारहरु पार गरिन् । तर, लकडाउनले सिंगो देश ठप्प भएका बेला उनीमाथि यो शहरले जुन तिरस्कारको भारी घोप्ट्याइदियो, त्यो उनका लागि सबैभन्दा असह्य थियो । सहनै नसक्ने । शिखा आँखा भरिला पार्दै भन्छिन्, ‘सडकका लावारिस पशुलाई पनि यस्तो व्यवहार गर्दैनथे होला, जुन व्यवहार ममाथि भयो ।’ **** सानै उमेरमा पति वियोगले काठमाडौंमा अलपत्र परेकी शिखाले ऊन बाट्ने र कारखानामा धागो डल्ला पार्ने काम गरेर जीवन घचेटिरहेकी थि...