२०८१ बैशाख १४

Tag: politics

केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री, पार्टीको काम प्रचण्डले गर्ने

केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री, पार्टीको काम प्रचण्डले गर्ने

राजनीति
साभार: सेतोपाटी नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने गरी प्रतिवेदन बुझाएको छ। महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदलले पार्टीका कामहरूको जिम्मेवारी भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिन सुझाव दिएको छ। 'सरकार एउटा अध्यक्षले र पार्टी अर्को अध्यक्षले चलाउने भनिएको छ,' श्रोतले भन्यो, 'पार्टी काममा प्रचण्ड पूर्ण सक्रिय हुने तर प्रधानमन्त्री ओलीसँग सल्लाह गर्ने भनिएको छ। त्यस्तै प्रधानमन्त्री ओली सरकारको काममा सक्रिय रहने तर प्रचण्डसँग सल्लाह गरेर अघि बढ्ने भन्ने छ।' यसअघि मंसिर ४ गते पनि प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री रहने र प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने निर्णय भएको थियो। कार्यदलको सुझावसँगै अब प्रधानमन्त्री ओलीले राजीनामा दिने प्रसंग सकिएको छ। यसअघि प्रधानमन्त्री ओलीले...